Amiri Chaudhary

थारु कल्याणकारिणी सभाका महामन्त्री अमिरी चौधरीले वैजनाथ चौधरीलाई थारुको नाममा कलंक रहेको प्रतिक्रिया दिएका छन्। उनले समाजिक सञ्जालमा थारुलाई अपराधी देख्ने वैजनाथ कंलक भएको बताएका हुन्।

थारु आन्दोलनलाई हसयोग गरेको भन्दै सीमांकनको विरोध गर्दै बन्दमा उत्रिएका थारु कार्यकर्ताले नवलपरासीस्थिति उनको घरमा तोडफोड गरेका थिए। तोडफोडपछि वैजनाथले आन्दोलनकारीलाई अपराधी भन्दै कारबाही माग गरेका थिए।

सो क्रममा प्रहरीको गोली लागेर मनोहराका कोमल चौधरी घाइते भएका छन्। घाइते चौधरीको परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको छ।

थाकसले प्रहरीको दमनविरुद्ध कडँ भर्त्सना गरेको छ। आन्दोलन परिचालन समितिका संयोजक राजकुमार लेखीले विज्ञप्ती जारी गर्दै विरोध जनाएका हुन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *