BTBM Convention 08

बर्दियाली थारु विकास मञ्चको छैटौं महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। मञ्चले सीताराम चौधरी नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ। जसको वरिष्ठ उपाध्यक्षमा महेश चौधरी, उपाध्यक्षमा राजु चौधरी र महिला उपाध्यक्षमा कमला चौधरी चयन भएका छन्।

BTBM Convention 07

त्यस्तै महासचिवमा सुमन चौधरी, उपमहासचिवमा आशा चौधरी, सचिवमा निलम अरुणा चौधरी, कोषाध्यक्षमा दिनेश चौधरी छन्। सदस्यमा गीता चौधरी, प्रमिला चौधरी, श्याम चौधरी, टेकलाल चौधरी, मञ्जु चौधरी, विन्तिराम चौधरी, महेश चौधरी, ईश्वर चौधरी र नेपालु चौधरी छन्।

BTBM Convention 06

राजधानीको नेपाल पर्यटन बोर्डको सभाहलमा भएको महाधिवेशनमा विभिन्न व्यक्तिलाई सम्मान पनि गरिएको थियो। संस्थापक अध्यक्ष मीनराज चौधरी, टन्डन चौधरी, सुरेन्द्रप्रसाद चौधरी र राजाराम चौधरीलाई सम्मान गरिएको थियो। कार्यक्रममा क्यापटेन गजेन्द्र दहित, शाखा अधिकृत प्रसादु थारु र मीना चौधरीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो।

BTBM Convention 03कार्यक्रममा चम्पन सांस्कृतिक समूहको दोस्रो प्रस्तुतीको रुपमा ‘बिन्दास’ नामक एल्बम विमोचन गरिएको थियो। थरुहट तराई पार्टी नेपालका सभासद् गोपाल दहित, गंगा थारुलगायतले एल्बम विमोचन गरेका थिए। सोही अवसरमा गर्लफ्रेन्ड नामक गीत पनि प्रस्तुत गरिएको थियो।BTBM Convention 02

कार्यक्रममा सभासद् गोपाल दहित, गंगा थारु र एमाओवादी सभासद् मानबहादुर चौधरीले स्वयत्त थरुहट प्रदेशको माग गरेका थिए। नयाँ संविधान जारी हुँदै गर्दा थारु समुदायका हक अधिकार सुनश्चित नभएको र राज्यले थारु समुदायलाई विभेद् गर्दै आएको बताउँदै उनीहरुले थारु समुदाय यही बेला जुरुमु्राउनुपर्ने भएको बताए।

कस्तो संस्था हो बर्दियाली थारु विकास मञ्च?

BTBM Convention 01राजधानीमा बस्ने बर्दियाका थारुहरुले यो संस्था २०५९ सालमा गठन गरेका थिए। थरुहट तराई पार्टी नेपालका सचिव मीनराज चौधरी नेतृत्वमा संस्थाको जन्म भएको थियो। वनभोज कार्यक्रम आयोजना गर्ने उद्देश्यले खोलिएको यो संस्थाले पछिल्लो समय समाजिक कार्यमा उल्लेख्य भूमिका निर्वाह गर्दै आएको छ। संस्थाले थारु हकअधिकारको मुद्दा पनि उठाउँदै आएको छ।

BTBM Convention 04कमैया/कमलरी आन्दोलन, थरुहट आन्दोलन, सांस्कृतिक र्‍याली, थारु नृत्यलगायतमा यो संस्थाले अग्रनी भूमिका निर्वाह गर्दै आएको छ। मीनराज चौधरी पछि क्रमशः टन्डन चौधरी, सुरेन्द्रप्रसाद चौधरी र राजाराम चौधरीले संस्था सम्हालेका थिए।

BTBM Convention 05

सीताराम चौधरी भने दोस्रो कार्यकालका लागि अध्यक्षमा चुनिएका हुन्। यसअघपि पर्यटन बोर्डको हलमै उनी अध्यक्षमा निर्वाचित भएका थिए।

थप तस्बिर हेर्न यहाँ क्लिक गर्नुस्




Leave a Reply

Your email address will not be published. Required fields are marked *