Tharu Journalist Association

नवलपरासीका विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मी तथा पत्रकारहरुको एक भेलाबाट साउन १६ गते जीतनारायण थनेतको अध्यक्षतामा ९ सदस्यीय थारु पत्रकार संघको नवलपरासी जिल्ला शाखा गठन भएको छ। नवलपरासीको कावासोती-१५, बाघखोरस्थित अमलटाँरी मध्यवर्ती होमस्टेमा भएको एक भेलाबाट गठित जिल्ला कार्यसमितिको उपाध्यक्षमा मुना चौधरी, सचिवमा मुस्कान महतो, सहसचिवमा पृथ्वी महतो, कोषाध्यक्षमा सरु चौधरी, सदस्यहरुमा लक्ष्मी चौधरी, चुडामणि महतो, प्रिया चौधरी र सुनैना चौधरी सर्वसम्मत चयन भएका छन् ।

‘थारु पहिचानका लागि जम्मे थारु पत्रकारसबह एकजुट हखुँ’ भन्ने नारासहितको भेला थारु साहित्यिक सभा नवलपरासीको आयोजनामा भएको हो। वरिष्ठ साहित्यकार तथा थारु पत्रकार संघका संस्थापक महासचिव कृष्णराज सर्वहारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रम भेला आयोजक संस्था थारु साहित्यिक सभा नवलपरासीका अध्यक्ष मणिराज महतोको अध्यक्षतामा भएको थियो।

कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि कृष्णराज सर्वहारीलगायत थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य इनरप्रसाद महतो, थारु पत्रकार संघका केन्द्रीय सदस्य हिक्मत चौधरी, आदिवासी जनजाति युवा महासंघ नवलपरासीका अध्यक्ष राजकुमार महतो, थारु पत्रकार संघ चितवनका अध्यक्ष कारी महतो, साना कृषि सहकारी संस्थाका अध्यक्ष पतिराम थनेत, थारु युवा सभाका केन्द्रीय सदस्य धनबहादुर मर्दनिया थारु, अमलटारी मध्यवर्ती होमस्टेका व्यवस्थापक प्रेमशंकर मर्दनिया थारु, थारु गुरौं समितिका अध्यक्ष कमलराज गुरौं, प्रेस चौतारी नवलपरासीका अध्यक्ष विद्रोही गिरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

मन्तव्यका क्रममा राज्यद्वारा पछाडि पारिएका थारुलगायत आदिवासी जनजाति, दलित, महिला, मधेसी, मुस्लिम, अपाङ्गहरुका हक अधिकार तथा अस्तित्व पहिचानका लागि थारु पत्रकारहरुले निर्भिक रुपमा कलममार्फत् जागरण अभियान अगाडि बढाउनुका साथै लोपोन्मुख अवस्थामा रहेका थारु भाषा, संस्कृति जगेर्ना र थारु जातिका इतिहासको खाजीनितिका लागि पनि कलम चलाउनुपर्ने बताएका छन्।
थारु पत्रकार संघ नवलपरासीका नवगठित कार्यसमितिका लगायतका थारु पत्रकार तथा सञ्चारकर्मीहरुलाई दोस्रो दिन कृष्णराज सर्वहारीले फिचर लेखनबारे प्रशिक्षण दिएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *