Dumsiदाङको राजपुर गाविस-७ को सालभौरी जङ्गलमा दुम्सी मार्न ओढारमा पसेका दुई जनाको निस्सासिर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुँवेर कडायतले दिएको जानकारीअनुसार मृत्यु हुनेमा सोही ठाउँका २४ वर्षीय कुलराज चौधरी र ३८ वर्षीय दुखराम चौधरी छन्।

शनिबार बेलुका दुम्सी मार्न भन्दै कपडा र खरमा आगो बालेर ओढारभित्र छिरेका दुवै फिर्ता नआएपछि स्थानीयले खोज्दै जाँदा ४० फिट लामो ओढारभित्र उनीहरु मृत फेला परेको उनले जानकारी दिए।

उनीहरुसँगै ओढारमा पसेका अन्य तीन युवाले ओढारभित्र श्वास फेर्न अफ्ठ्यारो भएपछि बाहिर निस्किएको बताएका छन् । रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *