Drafe

मधेसी दलका कार्यकर्ताले संविधानको मस्यौदामाथिको सुझाव संकलन सम्बन्धी कार्यक्रममा अवरोध पुर्याएका छन्। उनीहरुले मस्यौदा उपसमितिले गौर नगरपालिकाको सभाकक्षमा बिहीबार आयोजना गरेको छलफल कार्यक्रममा मस्यौदा च्यात्नुका साथै नारावाजी गर्दै कार्यक्रमलाई प्रभावित बनाए।

कार्यक्रम सुरु हुनासाथ सद्भावना पार्टीका केन्द्रीय सदस्य योगेन्द्र यादवले आयोजकको हातबाट माइक खोस्दै आफूहरुलाई साविधानको पहिलो मस्यौदा प्रति गम्भीर आपत्ती रहेको बताएका थिए। त्यस पछि उनका कार्यकर्ताले भित्रै नाराबाजी गर्दै मस्यौदाको प्रतिलिपि च्यातेर छरपष्ट पारे। मस्यौदामा मधेशप्रति उपेक्षा गरिएको र विभिन्न बुँदाहरुमा गम्भीर त्रुटी रहेको भन्दै यादवले कुरा उठाए पछि अन्य मधेशीदलका नेता कार्यकर्ता आक्रोशित बनेका थिए। नाराबाजी गर्दै बाहिर निस्केका उनीहरुले कार्यक्रमको ब्यानर, कागजपत्रहरु जलाए। सभाकक्षामा राखिएका कुर्सी र टेबल फाल्दासम्म कार्यक्रममा रहेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल र सुरक्षाकर्मी अलमल थिए। पछि प्रहरीले हस्तक्षेप गरेर उनीहरुलाई बाहिर निकालेका थिए।

प्रजिअ भुजेलले मधेसी दलका कार्यकर्ता बाहिरिएपछि कार्यक्रमसम्पन्न भएको बताए। कार्यक्रम केही बेर विथोलिएपछि नागरिक समाज र स्थानीय केही व्यक्तिहरु राखेर संचालन गरिएको थियो। ‘हामी मस्यौदा लिएर सुझाव कै लागी आएका हौ कांग्रेस सभासद जितेन्द्र यादवले भने, सुझाव दिनुको साटो तोडफेडमा उत्रनु राम्रो होईन्।’ कनुन अधिकृत उत्तम खरेल सहितको टोली २ दिन अघि आएर कर्मचारी मिलन केन्द्रमा सचिवालय स्थापना गरी सुझाव संकलनको काम सुरु गरेको हो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *