Thakasaथारु कल्याणकारिणी सभाले नीतिविपरीत कार्य गर्ने तीन जिल्लाका सभापतिसँग स्पष्टीकरण माग गरेको छ। बुटवलमा बसेको केन्द्रीय कार्यसमिति बैठकले मोरङ, सुनसरी र कैलालीका सभापतिहरुसँग स्पष्टीकरण माग गरेको छ। सभाले पूर्वअध्यक्ष चन्द्रकुमार चौधरीले बरबुजारत नबुझाएको भन्दै अन्तिमपटक १५ दिने म्याद दिएको छ। यो अवधिमा पनि नबुझाए प्रचलित नियमअनुसार कारबाही प्रकृया अगाडि बढाउने बैठकले निर्णय गरेको छ।
त्यस्तै कमलरी प्रथा र बाल विवाह, दहेज प्रथाको विरोध गर्दै सशक्त अभियान चलाउने निर्णय गरेको छ। यसका लागि थारु महिला सभाले तराईका विभिन्न जिल्लामा अभियान सुरु गरिसकेको सभाका अध्यक्ष धनिराम चौधरीले बताए। थारु समुदायमा बालबालिकालाई कमलरी पठाउने र कलिलै उमेरमा विवाह गर्ने, दाइजो माग्ने प्रथाविरुद्ध अभियानको थालनी गरेको उनले बताए।
त्यस्तै बैठकले चार दलबीच भएको १६ बुँदे सहमतिको विरोधसमेत जनाएको छ। त्यस्तै असोज १, २ र ३ गते चितवनमा राष्ट्रिय प्रशक्षण भेला गर्ने निर्णय गरेको छ।
बैठकले सिकल सेल एनिमिया, थारु संग्रहालय र थारु सहिदहरुप्रति उदासीन देखिएकाले ज्ञापन पत्र बुझाउने निर्णयसमेत गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *