थारु समुदायमा मात्र पहिचान भएको सिकल सेल एनिमिया रोगको परीक्षण दाङमा सुरु भएको छ। क्रियटिङ पोस्बिलिटिज नामक संस्थाको सहयोगमा यो रोगको परीक्षण क्यानाडेली मेडिकल टोलीले गर्दैछ। चितवन हुँदै दाङ पुगेको उक्त टोलीले दाङको विभिन्न गाउँमा दुई साता परीक्षण गर्ने क्रियटिङ पोस्बिलिटिजका दीनेशराज सापकोटाले बताए। उनका अनुसार अहिले दाङ देउखुरीको गंगापरसपुर गाविसका विभिन्न गाउँमा परीक्षण भइरहेको छ। परीक्षण गर्न थारु समुदायका मानिसहरुको बाक्लो उपस्थिति रहेको सापकोटाले बताए।

sakal_cell_719123138के हो सिकल सेल एनिमिया ?
हाम्रो शरीरमा रहने सामान्यलाल रक्तकोष गोलो आकारको हुन्छ । यो रोग लागेपछि गोलो आकारको त्यो रक्तकोष हँसिया आकारको बन्न पुग्छ । हँसिया आकारको भएपछि रक्त सञ्चार हुनमा कठिनाइ पर्छ । अंग्रेजीमा हँसियालाई क्ष्अपभि र कोषलाई ऋभिि भनिने हुनाले यो रोगको नाउँ क्ष्अपभि ऋभिि एनिमिया हुन पुग्यो । बाबु–आमा दुबैलाई यो रोग छ भने छोराछोरीलाई पनि हुने सम्भावना २५ प्रतिशत रहन्छ । यो बंशानुगत रोग भएकाले छोराछोरीमा यो रोग उपहारको रुपमा जाने गर्छ । त्यसैले बिचार पुर्‍याउनुपर्ने कुरा के हो भने हाम्रा बालबालिकामा यो रोग यदि देखा परेको छ भने त्यो हामीबाटै गएको हुनसक्छ भनी चेकजाँच गराउन जरुरी हुन्छ ।
चिकित्सकहरुका अनुसार शरीरमा हुने सामान्य रातो रक्तकोषको आयु ९० देखि १२० दिनसम्मको हुन्छ । हँसिया (सिकल सेल) आकारको रक्तकोषको आयु जम्मा १० देखि २० दिनसम्मको हुन्छ । रक्तकोषहरु अस्थि मज्जाबाट बन्ने र अलि समय लाग्ने हुनाले यो रोग लागेको मानिसमा रक्तको कमीहुने समस्या देखिन थाल्छ ।

यो पनि पढ्नुस्:

वंशाणु रोग सिकलसेल एनिमिया र थालसेमिया

के हो सिकल सेल एनिमिया ?

सरकार ! सिकल सेलको उपचार खोइ ?

Sikal Cell test in Dang 12

Sikal Cell test in Dang 11

Sikal Cell test in Dang 10

Sikal Cell test in Dang 09

Sikal Cell test in Dang 08

Sikal Cell test in Dang 07

Sikal Cell test in Dang 06

Sikal Cell test in Dang 05

Sikal Cell test in Dang 04

Sikal Cell test in Dang 03

Sikal Cell test in Dang 02

Sikal Cell test in Dang 01

 

तस्बिर : थारु कम्युनिटी

 

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *