Google Doodleसर्च इन्जिन गुगलले आफ्नो ‘डुडल’मार्फत् नेपालको गणतन्त्र दिवसलाई शुभकामना दिएको छ। उसले वैशाख १२ गतेको महाभूकम्पलाई स्मरण गर्दै श्रदाञ्जलीसहित गणतन्त्र दिवसको शुभकामना दिएको छ। उसले बनाएको डुडलमा स्वयम्भूस्थित बौद्ध स्तुपा र मन्दिरसहित मैनबत्ती बालेको आकृति बनाएको छ।

गुगलले गुगल डटकम र गुगल डटकम डटएनपी दुबैमा डुडलमार्फत् गणतन्त्र दिवसको शुभकामना दिएको छ। ठूलो क्रान्ति र लडाइँपछि नेपाली जनताले गणतन्त्र पाएको उल्लेख गर्दै गुगलले बलिया र जस्तोसुकै चुनौतीको सामना गर्नसक्ने नेपाली जनताप्रति आभार प्रकट गरेको छ।

शान्तिको प्रतीकका रुपमा चिनिने यो देशमा हालै गएको बिनाशकारी भूकम्पले क्षति पुर्यागएको उल्लेख गर्दै गुगलले नेपाली जनता पुनः तङ्ग्रिरहेको बताएको छ। उसले नेपाली जनताहरु प्रेरणाका धनी भएको बताउँदै डुडलमार्फत् सम्झिन चाहेको उल्लेख गरेको छ।

भूकम्पले नेपाली संरचनाहरु ध्वस्त भएकोमा गुगलले पुनःनिर्माण र सहयोगका लागि प्रतिबद्ध रहेको उल्लेख गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *