Jitiya-2014-9

काठमाडौं उपत्यकामा बसोबास गर्ने थारु महिलाले महान पर्व ‘जितिया’ धुमधामका साथ मनाएका छन्। राष्ट्रिय नाचघर जमलमा आयोजित कार्यक्रममा थारुहरुले जितिया पर्वको पूजापाठ गरी पर्व मनाएका हुन्। सूर्य (जीतमहान) को २४ घण्टे लामो ब्रतबसी थारुहरुले पतिको दीर्घायू, सन्तानको सुस्वास्थ्य तथा प्रगतिको कामना गर्दै पर्व मनाउँछन्।

Jitiya-2014-6

कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेसका सभासद् तेजुलाल चौधरीले भने, ‘जितियाले सबै नेपालीलाई सुख, शान्ति र समृद्धितर्फको बाटो डोर्‍याउन सफल बनोस्।’ उनले यस पर्वलाई पनि राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्ने भन्दै सार्वजनिक विदाको माग गरे। त्यस्तै थरुहट तराई पार्टी नेपालका उपाध्यक्ष तथा सभासद् गंगा थारुले पनि जितियाजस्तो महान् पर्वलाई सरकारले बेवास्ता गरेको बताइन्। उनले यस पर्वमा सार्वजनिक विदा दिइ थारु महिलाको हौसला बढाउनसमेत आग्रह गरिन्।

Jitiya-2014-8

कार्यक्रममा थारु कल्याणकारिणी सभाका पूर्वमहामन्त्री भुलाई चौधरीले जितिया पर्वबारे प्रकाश पारेका थिए। उनले थारुहरुको उद्गमभूमि नेपालको तराई रहेको र जितिया पर्वको सुरुवात पनि यही भूमिबाट सुरु भएको चर्चा गरे। भगवान सूर्यको उपासना गरी लामो ब्रत बस्नाले गरेको काममा समृद्धि, प्रगति तथा विजय हासिल हुने विश्वास व्यक्त गरे। थारु पर्वहरु आफैँमा ऐतिहासिक भए पनि संरक्षणको अभावमा संकटमा पर्दै गएको भन्दै उनले युवालाई सजग हुन आव्हान गरे।

Jitiya-2014-7

थारु महिला समाजकी अध्यक्ष सरस्वती चौधरीले थारुको परम्परागत सीप, संस्कृतिको जगेर्ना गर्न अहिलेको प्रमुख चुनौति रहेको बताइन्। राज्य उदासीन भएका बेला थारु समुदाय स्वयं संस्कृति संरक्षणमा सजग हुनुपर्ने धारणा उनको थियो। कार्यक्रममा कलाकारहरुले थारु गीत संगीत प्रस्तुत गरेका थिए।

जितिया पर्व नेपालको पूर्वी भू-भागमा बस्ने थारुहरुको प्रमुख चाड भए पनि पश्चिमका थारुहरु यस पर्वलाई खासै मनाउँदैनन्।

भिडियो हेर्नुस्:

Jitiya-2014-5 Jitiya-2014-4 Jitiya-2014-3 Jitiya-2014-2

Jitiya-2014-1




Leave a Reply

Your email address will not be published. Required fields are marked *