cricket1
फाइल तस्बिर

एसियन खेलकुद अन्तर्गत दक्षिण कोरियामा जारी पुरुष क्रिकेट तर्फको तेस्रो क्वाटरफाइनल खेलमा नेपाल ८ रनले पराजित भएको छ । दक्षिण कोरियाको इन्छनमा बुधबार भएको खेलमा अफगानिस्तानले नेपाललाई ८ रनले पराजित गरेको हो । पहिले व्याटिङ गरेको अफगानिस्तानले नेपाललाई १ सय २० रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
जवाफि व्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभर खेल्दै सात विकेटको क्षतिमा १ सय ११ रनमा समेटिएको थियो ।

अफगानिस्तानका लागि मोहमद सेहजादले ४२ रन जोडे भने मोहोमद नाबीले १८ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका शक्ति गौचन र सागर पुनले ३र३ विकेट लिए । यसैगरी, सोमपाल कामी र बसन्त रेग्मीले १र१ विकेट झारे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *