logo tharu इन्द्र चौधरी, बिर्तामोड- थारु कल्याणकारिणी सभाको केन्द्रीय भेला साउन २७ र २८ गते हुने भएको छ। भेलामा देशभरिका केन्द्रीय सदस्यहरु, केन्द्रीय सल्लाहकार तथा झापा, मोरङ, सुनसरीका अध्यक्षहरुको उपस्थिति रहने झापा अध्यक्ष काशीलाल चौधरीले बताए।
असोज २९, ३० र ३१ गते झापामा हुन लागेको सभाको २१औं केन्द्रीय महाधिवेशनको तयारी गर्नका लागि मूल आयोजक समितिले केन्द्रीय भेलाको आयोजना गर्न लागेको हो। भेलाले महाधिवेशनका लागि मञ्च, यातायात, आवास, भोजन, स्वयम्सेवक, प्रतिनिधि-पर्यवेक्षक, सांस्कृतिक टोली व्यवस्थापनलगायतको अन्तिम टुंगो लगाउनेछ।

महाधिवेशनको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाबाट गराइने थारु सभाले जनाएको छ। उद्घाटन समारोहमा थारु सभाको २५ जिल्ला, कतारको समिति र भारतबाट सहभागी हुने जनाइएको छ।

 

ता महाधिवेशनको तयारीका लागि थारु सभा झापाले तयारी तीब्र पारेको छ। सभा झापाले क्षेत्र, नगर तथा गाउँ समितिको अधिवेशन गर्दै महाधिवेशनको प्रचार प्रसारलाई तीब्र पारेको हो। सभाले झापा क्षेत्र नं. १, २, ४ तथा बिर्तामोड, कनकाई, शनि–अर्जुन नगरको अधिवेशन सम्पन्न गरिसकेको सहसचिव लवकुमार चौधरीले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *