lahan-tanab-news-photocapsionमधेसी शहिदहरुको सम्झनामा प्रत्येक वर्ष बलिदानी दिवस मनाउँदै आएका मधेसवादीहरुले यस वर्ष आठौ बलिदानी दिवस बनाउँदै गर्दा प्रहरीले स्वतन्त्र मधेसको अभियान चलाउँदै आएका डा. सिके राउतको कार्यक्रम हुन नदिनुको साथै सप्तरीको शमभुनाथवाट नियणत्रणमा लिएपछि आक्रोसित राउतका समर्थकहरुले लहानमा दिनभरि प्रदर्शन गरेका छन् । सो क्रममा दुई पक्षबीच झडप समेत भएको छ । झडप मधेस आन्दोलन ताका भएका आन्दोलनकै झझल्को दिने खालको देखिएको थियो।

प्रहरीले पशुपति आदर्श माविको खेल मैदानमा भाषणको लागि तयार गरेको मञ्च र राउतको तस्बीर सहितको ब्यानर समेत हटाईदिएपछि १२ वजेसम्म राउतका समर्थकहरु शान्त देखिएपनि राउत पक्राउ परेको खबर सुन्नसाथ लहानको लोकतान्त्रिक चोकदेखि विद्यालयको खेल मैदानसम्म अनियन्त्रित भीड जम्मा भई प्रहरीलाई देख्नसाथ अन्धाधुन्द ढुङगा हान्न थालेका थिए भन्ने भीड नियणत्रण गर्न प्रहरीले पटक पटक गरि आठ राउण्ड आसु ग्यास फालेका थिए । सप्तरीको शम्भुनाथ ट्राफिक प्रहरीले राउतलाई पक्राउ गरेको सुन्नसाथ आक्रोसित भीडले लहान ट्राफिक कार्यालाय प्रहरी कार्यालयमा समेत ढुङगा हान्नुको साथै ट्राफिक कार्यालय पश्चिम रहेका ना. ५ ख.२०२३ नम्वरको सजिलो यातायातका सवार यात्रीहरुमाथि समेत ढुङगा हान्दा वसमा सवार यात्रीहरुलाई रुवावासी भएको थियो।

काठमाडौंबाट आइरहेको त्यस गाडीमा सवार सुनसरीका तिर्थ तिमिल्सिना र वेदनिधि पौडेललाई चोट लागेका छन भन्ने यात्रुहरु गाडीवाट भगाभाग भएका थिए । ट्राफिक कार्यालय नजिकै रहेको एमालेले जिल्ला अधिवेशनको लागि राखेका स्वागतद्वारलाई समेत उनीहरुले उखेलेर फालेका थिए । अन्य गाडीहरुमा समेत ढुङगा प्रहार गरेकाले प्रहरीले संयमित भई भीड नियणत्रण गर्न भ्याई न भ्याई ह्नुको साथै हवल्दार विरेन्द्र यादव ढु«ङगा लागेर घाईते भएका छन् । हजारभन्दा वढी युवाहरुको भीडले चारैतिरवाट ढुङगा हान्न थालेपछि जनपथ , सशस्त्रलाई दिनभरि भीड नियणत्रण गर्न र गाडीहरुको सुरक्षा गर्न हम्मे हम्मे परेका थिए।

प्रका लहानका गाडीमा ढुङगा हानेर समेत क्षति पुरयाएका थिए । झडप हुने संभावना देखेर एक दर्जनभन्दा वढी मानव अधिकारवादीहरुले अनुगमन गरेका थिए । सिके राउत आउने भएकोले मधेसी जन अधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विहान ९ वजेतिर शहिद पार्कमा गई शहिदहरुलाई मल्यापर्ण गरि राउ अस्पताल लहानका विरामीहरुलाई फलफूल र कम्वल वितरण गरि महदेवा पोर्ताहा स्थित प्रमोद सदाय शहिद प्राथमिक विद्यालयमा शहिद परिवारहरुलाई सम्मानित गरेका थिए।

रातोपाटीबाट




Leave a Reply

Your email address will not be published. Required fields are marked *