Sikles press-4 

 मिनराज चौधरी, काठमाडौं- थरुहट तराईको जिल्लामा बसोबास गर्ने थारु समुदायमा मात्र ‘सिकलसेल एनिमिया’ रोगबाट संक्रमण भएको सबालले मुलुककै ध्यान आकृष्ट गरेको छ। नेपालगञ्ज भेरी अञ्चल अस्पतालमा कार्यरत डा. राजन पाण्डे, सेती अञ्चल अस्पताल धनगढीमा रहेका डा. सुभेशराज कायस्थसहित सिकलसेल विषयमा विद्यावारिधी गरिरहेकी डा. शर्मिला गुप्ताको अनुसार दाङबाट पश्चिम कञ्चनपुर जिल्लामा रहेका थारु समुदायको कूल जनसंख्याको तीस प्रतिशत थारु समुदाय सिकलसेल एनिमिया रोगबाट संक्रमित रहेको अध्ययन अनुसन्धान प्रतिवेदनबाट अनुमान गरेका छन्।  
उनीहरुको यो तथ्याकं सत्य हो भने आउने दिनमा लाखौं थारुहरु यस रोगको संक्रमणबाट अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आउने निश्चिन्त छ। सरकारले भरखरै ल्याएको नीति तथा कार्यक्रमा आंशिक रुपले यस सबाललाई सम्बोधन गरेपनि आर्थिक वर्ष २०७१/०७२ बजेट विनियोजनमा सरकारले एक पैसा पनि छुट्याएको छैन। यसैबाट स्पष्ट हुन्छ कि सरकार रत्तिभर पनि यो विषयमा संवेदनशील छैन।
नेपालको कूल जनसंख्याको हिसाबले चौथो स्थानमा रहेका थारु समुदायमा मात्र महामारीजस्तै भयाभवहरुपमा देखापरेको सिकलसेल एनिमिया रोगको सम्बन्धमा सरकार संवेदनशील नरहेको आरोप लगाउँदै अधिकारमुखी सामाजिक थारु संघ संस्थाहरु चार बुँदे माग राख्दै राष्ट्रपति डा. रामवरण यादव, कार्यबाहक प्रधानमन्त्री बामदेव गौतम र स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्।Sikles press-3
थारु कल्याणकारिणी सभा केन्द्रीय समिति, थारु विद्यार्थी समाज केन्द्रीय समिति, आदिवासी थारु पत्रकार संघ, थारु कल्याणकारिणी सभा उपत्यका समिति काठमाडौं, थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति कैलाली, थारु नागरिक समाज कैलाली, थारु महिला सञ्जाल कैलाली, बर्दियाली थारु विकास मञ्च, काठमाडौं, सर्वहित समाज दांग देउखर, कैलाली कञ्चनपुर मैगर थारु विकास समाज र कोशी थारु युवा सम्पर्क समितिले चार बुँदे ज्ञापनपत्र बुझाएका छन्।
संयुक्तरुपमा बुझाइएको ज्ञापनपत्रमा
थारु समुदायमा मात्र सिकलसेल एनिमिया हुनुको कारण, रोगको बिस्तृत लक्षण र उपचार आदि पत्ता लगाउन विशेषज्ञ डाक्टर, विज्ञ तथा थारु समुदायबाटको समेत प्रतिनिधित्व हुनेगरी उच्च स्तरिय अधिकार सम्पन्न अध्ययन आयोग अविलम्ब गठन गरिनु पर्ने
२ सिकलिङ्ग टेष्टबाट स्किनिङ्ग गरी हेमोग्लोबिन इलेक्ट्रोफोरेसिस भन्ने जाँच प्रमाणित गर्ने यन्त्रउपकरण तत्काल प्रभावित थरुहट तराईका सबै जिल्ला अस्पतालहरुमा व्यवस्था गरिनु पर्ने,
३ सिकलसेल एनिमिया रोगसम्बन्धी जाँच पड्ताल, तथा औषधोपचारको व्यवस्था राज्यबाट निःशुल्करुपमा गर्नुपर्ने र यो रोगसम्बन्धि जनचेतनाको लागि प्रभावकारीले द्रूत गतिमा सचेतना अभियान कार्यक्रमहरु सञ्चालन गर्न सरकार समक्ष माग गर्दै ज्ञापनपत्र बुझाएका छन्।Sikles press-2

Sikles press-1




Leave a Reply

Your email address will not be published. Required fields are marked *