Sarswati Chaudhary_volly players to acting

नेपाली भलिबलप्रेमीले अब आफ्ना स्टार खेलाडीको अभिनय हेर्न पाउने भएका छन्। ‘आमा’ एल्बमको गीतमा ६ भलिबल खेलाडीको अभिनय छ। राष्ट्रिय टोलीकी उपकप्तान मञ्जु गुरुङ, परिक्षा गुरुङ, सिपोरा गुरुङ, सरस्वती चौधरी, अरुणा शाही र निमा श्रेष्ठले अभिनय गरेका छन्। ‘आमा तिम्रै अंश हुँ म, तिमै ज्यानको टुक्रा हुँ’’ भन्ने गीतको छायांकन अन्तिम चरणमा पुगेको छ।

गीतकार सरस्वती गुरुङले लेखेको गीतले जातीय, धार्मिक, सहिष्णुता र संस्कृति जर्गेनाको सन्देश दिन खोजेको छ। जातीय द्वन्द्व बढेको बेला सबै नेपाली एक हुन् र सबैको फरक पहिचान छ भन्ने देखाउन यो गीतको छायांकन गरिएको हो। ४ लाख खर्च गरेर ७३ जना महिलालाई यस गीतमा अभिनय गरेका छन्।

आमाको र जन्मभुमिको सम्मानमा गीत लेखिए पनि यस्ले कामकाजी महिलालाई समेत भिडियोमा समेटेको छ । फरकपन दिनका लागि गीतमा विभिन्न क्षेत्रका महिलाको अभिनय राखिएको भिडियोकी परिकल्पनाकार सिपोरा गुरुङले बताइन्। उनले भनिन्, ‘मेरो यो कन्सेप्ट फरक र महत्वकांक्षी पक्कै थियो। तर निर्देशक र गीतकारले बुझेकाले सम्भव भयो।’

पोखराको सौन्दर्य, जातीय भेषभुषा र एकताले फरकपन ल्याएको र यस्ले पोखरालाई नै संस्कृति र पर्यटनमा फरकपन थप्ने निर्देशक कृष्णकुमार गुरुङले बताए। उनले भने, ‘मैले निर्देशन गरेको अन्य गीत र फिल्म भन्दा यो फरक छ।’

रिमा गुरुङको स्वर तथा जय परियारको संगीत रहेको एल्बममा एल्बममा १० वटा गीत छन्।

रंगशाला डटकमबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *