madhesi-leaders

काठमाडौं- मधेस केन्द्रित छवटा राजनीतिक दलहरुले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई पुनः ब्युँताएका छन् । संविधानसभामा प्रतिनिधित्व गर्ने ६ मधेसी दलले आठबुँदे घोषणापत्रसहित सोमबार मधेसी मोर्चा पुनर्गठन गरेका हुन् ।
मोर्चाको घोषणापत्रमा लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदार, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत, सदभावना अध्यक्ष राजेन्द्र महतो, मधेस समाजवादी पार्टीका शरदसिंह भण्डारी र तराई मधेस सदभावना पार्टीकी उपाध्यक्ष रानी शर्मा तिवारीले हस्ताक्षर गरेका छन् ।
उनीहरुले संविधान निर्माण नभएसम्म मोर्चाको कुनै पनि घटक सरकारमा सामेल नहुने प्रष्ट पारेका छन् ।
मोर्चाले पहिचान र सामथ्र्यको सिद्धान्तका आधारमा संघीयताको निर्माण गराउने र प्रदेश गठन गर्दा तराई मधेसको कुनै पनि भू भागसँग पहाडलाई जोड्न नदिने निर्णय सुनाएको छ ।
मोर्चाको अवधारण, संगठनात्मक संरचना, कार्यविधि र आचारसंहिता तयार गर्न कार्यदल गठन गरिएको विज्ञप्तिमा जनाइएको छ । कार्यदलमा हृदयेश त्रिपाठी, जितेन्द्र देव, लालबाबु राउत, लक्ष्मणलाल कर्ण, रानी शर्मा तिवारी र शेखर कुमार सिंह रहेका छन् ।
यसअघि मोर्चामा सदस्य रहेका फोरम गणतान्त्रिक, संघीय सदभावना पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल भने यसपटक सहभागी छैनन् ।

(अनलाइनखबरबाट साभार)




Leave a Reply

Your email address will not be published. Required fields are marked *