kdn__J5Tलुम्बिनी (रुपन्देही)- श्रीलङ्काका राष्ट्रपति महिन्द्रा राजापाक्ष बुद्ध जन्मस्थल भ्रमण गर्न लुम्बिनी पुगेका छन्। विश्व शान्तिको मुहान शाक्यमुनि बुद्धका जन्मस्थल लुम्बिनीप्रति निकै आस्था र विश्वास राख्नुहुने श्रीलङ्कन राष्ट्रपति राजापाक्ष देशको कार्यकारी पदमा पुगेपछि दोस्रोपटक लुम्बिनी पुगेका हुन्।

यसअघि सन् २०१० मा श्रीलङ्का सरकारले निर्माण गरेको विहारको उद्‍घाटन गर्न लुम्बिनी आएका राष्ट्रपति राजापाक्षले लुम्बिनीको विकासमा टेवा पुर्याेयाउने उद्देश्यले लुम्बिनी प्रवेश गर्ने ४ नम्बर गेटको भित्रपट्टिको गेटर बाटो निर्माण गर्ने विषयमा सम्झौता गरेर जानुभएको लुम्बिनी विकास कोषका उपाध्यक्ष आचार्य कर्मा स्याङ्वो सेर्पाले जानकारी दिए।

उनले सन् २०१० मा सम्झौता गरेको पुलको उद्घागटन गर्ने कार्यक्रमसमेत रहेको उपाध्यक्ष सेर्पाले बताए। श्रीलङ्कामा पहिलोपटक चुनाव जित्दा संसद्मा गएर लुम्बिनीको विकासमा श्रीलङ्कनले सहयोग गर्नुपर्छ भनेर आवाज उठाएका राष्ट्रपति राजापाक्षले लुम्बिनीको विकासका लागि सधैं अगाडि रहेको उपाध्यक्ष सेर्पाको भनाइ छ।

१८औं सार्क सम्मेलनको पूर्वसन्ध्यामा आज बिहान लुम्बिनी आएका राष्ट्रपति राजापाक्षले मायादेवी मन्दिरमा विशेष पूजा, श्रीलङ्काली तीर्थयात्री विश्रामगृह, श्रीलङ्का सरकारको सहयोगमा निर्मित पुलको उद्घापटन गर्नुका साथै श्रीलङ्काली विहार र लुम्बिनी बौद्ध विश्वविद्यालयको निरीक्षण गर्ने कार्यक्रम छ।

राष्ट्रपति राजापाक्ष लुम्बिनी आउने भएपछि लुम्बिनीलाई सिङ्गारिएको छ भने सुरक्षा व्यवस्थासहितको अन्य सबै तयारी पूरा गरिएको रुपन्देही प्रशासनले जनाएको छ। लुम्बिनीमा सार्कका विशिष्ट पाहुनालाई स्वागत गर्न भौतिक निर्माण, सौन्दर्य र सुरक्षासँग सम्बन्धित सम्पूर्ण तयारी पूरा भएको लुम्बिनी विकास कोषले जनाएको छ।

राष्ट्रपति राजापाक्षेलाई युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले स्वागत गरेका थिए।

नेपाल-भारत सीमा बन्द
राजापाक्षको भ्रमणका लागि भन्दै नेपाल–भारत सीमा एकतर्फी रुपमा बन्द गरिने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले जानकारी दिए। भ्रमण समयमा नेपालबाट भारतमा जान सकिने तर भारतीय नाकाबाट नेपाल प्रवेशमा रोक लगाउन भारतीय सुरक्षाकर्मीलाई समेत अनुरोध गरिएको प्रजिअ पन्थीले जानकारी दिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नआउने भए पनि श्रीलङ्कन राष्ट्रपतिको भ्रमणले लुम्बिनीमा भइरहेको तयारीले सार्थकता पाएको लुम्बिनीवासीको भनाइ छ। दीपक घिमिरे/रासस 




Leave a Reply

Your email address will not be published. Required fields are marked *