miss tamang

काठमाडौं- सोनाम ल्होछारको अवसरमा मिस तामाङ ब्युटी पेजेन्ट हुने भएको छ। आगामी माघ १७ मा एभरेस्ट फेसन होमले मिस तामाङको आठौं संस्करण आयोजना गर्न लागेको हो। प्रतिस्पर्धा नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने आयोजक रञ्जिता लामाले जानकारी गराइन्। उनले जनाए अनुसार फाइनलका लागि ३० तामाङ युवती छानिइनेछन्। कम्तीमा एसएलसी उत्तीर्ण, पाँच फिट उचाइ भएका र १७ देखि २५ वर्Èका युवतीहरुले प्रतियोगितामा भाग लिन सक्नेछन्।

विजयीले २० हजार, फस्ट रनरअपले १५ र सेकेन्ड रनरअपले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। आगामी शनिबार प्रतियोगिताका लागि अडिसन हुँदैछ। मंसिर २९ देखि सुरु हुने एक महिने प्रशिक्षण बागबजार प्लाजामा हुनेछ। प्रतियोगीहरुलाई रोजिन शाक्य, अमृत योञ्जन, नवीना लामा र सुनी लामालगायतले प्रशिक्षण दिनेछन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *