logo tharuकाठमाडौं- बाढीपहिरो पीडितका लागि थारु युवाहरुले चलाएको ‘राहत संकलन अभियान’लाई थारु कल्याणकारिणी सभा (उपत्यका समिति)ले समर्थन जनाएको छ। उपत्यका समितिका सभापति सुमन चौधरीको अध्यक्षतामा बसेको बैठकले थारु युवाहरुको राहत संकलन अभियानलाई तीब्ररुपमा अगाडि बढाउँदै लाने निर्णय गरेको छ।

सोमबार थारु सम्बद्ध संस्थाहरुको प्रतिनिधि र राहत संकलन अभियानका युवाहरुबीच भएको छलफलले यथाशिघ्र राहत संकलन गरी विस्थापितहरुमाझ पुर्‍याउने निर्णयसमेत भएको अभियानका संयोजक सीताराम चौधरीले बताए। थारु कल्याणकारिणी सभाले राहत संकलन अभियानलाई तीब्र पार्न जिल्ला कमिटीलाई समेत परिचालन गर्ने भएको छ। थारुको छाता संगठनसमेत रहेको सभाले अप्रवासी थारु समाजलाई पनि राहत संकलन अभियानमा सहभागी हुन अपिल गरेको छ।

राहत संकलन अभियानमा हालसम्म करिब ५० हजार नगद र लत्ता कपडा जम्मा भएको छ। त्यस्तै कल्याणी नामक संस्थाले समेत ८० हजार बराबरको सामान प्रदान गर्ने संस्थाका अध्यक्ष आदिती शर्माले थारुवानलाई बताइन्।

सहयोग गर्नेहरुको विस्तृत विवरण हेर्नुस्




Leave a Reply

Your email address will not be published. Required fields are marked *