UAE_tharu-1 दुबई- युएई बस्ने थारु समुदायले नयाँ वर्ष अर्थात् माघी मनाएका छन्। प्रवासी थारु समाज युएईले आयोजना गरेको कार्यक्रममा उपस्थितहरुले आफ्नो संस्कृतिलाई जगेर्ना गर्नुपर्ने बताए। कामको सिलसिलामा जुनसुकै ठाउँ पुगे पनि आफ्नो संस्कृति बिर्सन नहुने उनीहरुको तर्क थियो। दुबईको एभरेष्ट होटलमा ‘थारु कला संस्कृति हाम्रो पहिचान, यसलाई संरक्षण र प्रबर्द्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नयाँ वर्ष तथा समाजको दोस्रो भेला विधिवत रुपमा सम्पन्न भएको हो। 

UAE_tharu-3कार्यक्रमको प्रमुख अतिथिमा नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष डिआर गुरुङ थिए भने कार्यक्रमको अध्यक्षता प्रवासी थारु समाज युएईका अध्यक्ष नेत्र थनेतले गरेका थिए। त्यसैगरी विशेष अतिथिमा सोही समाजका सल्लाहकार घनश्याम चौधरी थिए भने विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी र पत्रकारको समेत उपस्थिति थियो।UAE_tharu-2

कार्यक्रममा उपाध्यक्ष किशोर चौधरीले संस्थाको स्थापनाकालदेखि गरेका कार्यहरुको लेखाजोखा पस्तुत गर्दै, संस्थाको औचित्यबारे प्रकाश पारेका थिए। कार्यक्रममा थारुहरुको मौलिक भाषाको गीत र नृत्यले थारु संस्कृतिलाई सुनमा सुगन्ध थपिदिएको थियो। सो अवसरमा विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिलाई खादा ओढाइ प्रशंसापत्र दिएर सम्मान गरिएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *