Bijay Gachhdar

काठमाडौं- संसद बैठकमा बोल्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले २६ सभासद मनोनयमा गरिएको भागवण्डामा चित्त नबुझेको बताएका छन्। उनले प्रश्न गरेका छन्, ‘कांग्रेस एमालेले धेरै सिट लिन खोजे, हामीलाई थोरै सिट दिन खोजे।’ गच्छदारले सदनमा राखेको विचार संक्षेपमा:

विगतका सहमतिहरु कार्यान्वयन नभए संसदका आगामी बैठकहरु चल्ने छैनन्। हामी संसद बैठक चल्न दिने छैंनौं।

संविधान निर्माणका लागि सकारात्मक वातावरण बनाउन संघीय गणतान्त्रिकक मोर्चा बनेको हो भन्ने प्रष्ट पार्न चाहन्छु र म यहाँ सबै मधेसी दलहरुको तर्फबाट बोलिरहेको छु भन्ने पनि ध्यानमा राखियोस्।

पूराना सहमतिहरु पालना नभए माघ ८ मा संविधान आउन असम्भव छ। सत्ताधारी दलका नेताहरुको अभिव्यक्तिले सभामुखले घोषणा गरेको मिति माघ ८ मा संविधान आउँदैन भन्ने देखिएको छ। पुष ९ गतेको सहमति कार्यान्वयन गर्नुहोस्। उच्चस्तरिय राजनीतिक समितिको निर्माण गर्ने भनेर चार बुँदे सहमतिमा लेखिएको किन कार्यान्वयन भएन?

संविधान निर्माणका लागि भएको सहमति किन कार्यान्वयन भएन ? सत्तामा बस्ने नेता र मन्त्रीहरुले ६ महनिामा स्थानीय निकायको निर्वाचन गर्ने बताएका थिए। फेरि संविधान घोषणा अघि स्थानीय निकायको निर्वाचन गर्ने कुरा आएको छ। यदि माघ ८ अघि स्थानीय निकायको निर्वाचन गर्ने हो भने सत्तापक्षका दलहरु संविधान निर्माणमा प्रतिवद्ध छैनन् भन्ने देखिन्छ।

सरकारले २६ जना मनोनयनको दलीय आधारमा बाँडफाडको कुरा आएको छ। कांग्रेस एमालेले चुनावमा प्राप्त गरेको मतप्रतिशत भन्दा एकएक सिट धेरै लिन खोजेका छन्। मधेसवादी दलहरुको मोर्चालाई एक सिट थोरै दिन खोजिएको छ। यसमा सबै दलहरु, खासगरी साना दलहरु गम्भिर हुनु परेको छ। कुन आधारमा भागवण्डा गरीएको हो ? कांग्रेस एमालेले चुनावमा प्राप्त गरेको मतको आधारमा सिट संख्या तोकेको हो ? तोकेको होभ ने न्यायोचित रुपमा बाँडफाँड भएको छैन।




Leave a Reply

Your email address will not be published. Required fields are marked *