Womans_vollyball

प्रथम दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिपका लागि नेपाल भलिबल संघले १४ सदस्यीय नेपाली टोली घोषणा गरेको छ। बन्द प्रशिक्षणका १६ खेलाडीबाट संघले सोमबार अन्तिम टोली छनोट गरेको हो। पुस ४ देखि त्रिपुरेश्वरस्थित कभर्ड हलमा च्याम्पियनसिप हुनेछ। प्रतियोगितालाई नेपालले मंसिर ३ बाट बन्द प्रशिक्षण सुरु गरेको थियो। बन्द प्रशिक्षणमा रहेका साइड स्पाइकर चन्द्रा राना र लिबरो सलिना श्रेष्ठ टोलीमा परेनन्।

विनिता बुढाथोकीको कप्तानीमा छनोट टोलीमा ओपन स्पाइकरमा मञ्जु गुरुङ, रमिला तण्डुकार, नेबिका चौधरी र प्रतिभा माली, क्विक स्पाइकरमा सरस्वती चौधरी, उषा विष्ट, कोपिला उप्रेती, मनिषा चौधरी छन्। साइड स्पाइकरमा अरुणा शाही, रेश्मा भण्डारी, सेटरमा कप्तान विनिता र सुशीला थापा छन्। लिबरोमा कमला पुन र ज्योति चौधरी छन्।

पुस ४ गतेबाट सुरु भएर ८ सम्म चल्ने प्रतियोगितामा आयोजक नेपालसँगै भारत, श्रीलंका, बंगलादेश र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको लागि नेपालले मंसिर ३ गते देखि बन्द प्रशिक्षणसुरु गरेको थियो। महिला टोलिको मुख्य प्रशिक्षक सुदेशकुमार रिमाल, सहायक प्रशिक्षकमा जगदिश भट्ट र कौशिला खत्री रहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *