manang_marshyangdiकाठमाडौं- मनाङ मर्स्याङ्दी क्लबले आज नेपाल प्रहरी क्लबलाई पराजित गर्दै सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ। दशरथ रङ्गशालामा भएको सो प्रतियोगितामा मनाङले प्रहरी २–० गोलअन्तरले पराजित गर्दै एक खेल अगावै उपाधिमाथि कब्जा जमाएको हो।

मनाङले आठ वर्षपछि पुनः उपाधिमाथि कब्जा जमाएको हो। यसअघि २०६२ सालमा भएको सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि हासिल गरेको थियो। उपाधिसँगै मनाङले रु ७५ लाख सुरक्षित गरेको छ।
यस्तै मनाङको यो सातौं सस्करणको उपाधि हो। यसअघि २०४३, २०४४ र २०४६ सालमा लगातार तीन पटक उपाधि जित्दै ह्याटि्रक गरेको थियो त्यसपछि २०५७, २०६० र २०६२ सालमा भएको सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि हासिल गरेको थियो।
मनाङको जितमा विदेशी खेलाडी योना एलिस र सुजल श्रेष्ठ नायक बने। योनाले खेलको दोस्रो हाफमा गोल गर्दै पहिलो अग्रता लिए। उनले खेलको ५३ औँ मिनेटमा दिपक राईको पासमा गोल गर्दै मनाङलाई पहिलो अग्रता दिलाएका हुन्।
यस्तै खेलको ६७ औँ मिनेटमा मनाङका अर्का खेलाडी सुजल श्रेष्ठले एक गोल थपे। उनले फि्रकिकमार्फत गोल गर्दै आफनो टिमको जित सुनिश्चित गरेका थिए। मनाङले आगामी खेल थि्रस्टार क्लबसँग प्रतिष्ठाको लागि खेल्नेछ। रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *