avocado-iphone-android-appफेब्रुअरी प्रेमको महिना हो। चारैतिर प्रेमकै कुरा चलिरहँदा स्मार्टफोनभित्र पनि प्रेम अछुतो रहने कुरै भएन। यहाँ हामी भ्यालेन्टाइन्स डेका अवसरमा तपाईंका प्रियजनसँगको सम्बन्धलाई अझै दरिलो बनाउन मद्दत गर्ने केही एप्सबारे जानकारी गराउँदैछौँ। यी एप्सले यो विशेष दिनलाई अ्कभै विशेष बनाउन सहयोग गर्नेछ।
लभ कोट्स
आफ्ना प्रेमीप्रेमिकासित बाँड्नका लागि प्रेमसम्बन्धी नयाँ र उत्कृष्ट भनाइहरू यसले उपलब्ध गराउँछ। द न्युयोर्क टाइम्सले समेत सिफारिश गरेको यो एप एन्ड्रोइड र आई–फोनमा निःशुल्क पाइन्छ। एप खोलेपछि ठूलो फोटो र त्यसमा राखिएका वाक्य देखिन्छ। भनाइहरू विभिन्न श्रेणीमा विभाजन गरिएका हुन्छन् जस्तैः क्युट, फन्नी, र्फ्लटी, सेक्सी, रोमान्स, पोयम आदि।
एक सय एक रोमान्टिक आइडियाज
एकनासे जीवन जिउँदा रमाइलो हुन्न। केही नयाँ गर्न मन लाग्छ, तर गर्ने के? यस्तै समस्यामा हुनुहुन्छ भने रोमान्टिक डेटका लागि राम्रा–राम्रा नयाँ आइडिया यसले दिन्छ। यसले दिएको एउटा आइडियाबाटै यसपालिको भ्यालेन्टाइन्स डे मनाउने कि? यो एप आई–फोनमा निःशुल्क उपलब्ध छ। एन्ड्रोइडका लागि यही एप नभए पनि जुनिपर आइसलेट एप उपयोगी हुन सक्छ।
आई–भ्यालेन्टाइन एप
भ्यालेन्टाइन्स डेमा प्रोफेसनलजस्ता देखिने कार्ड पठाउनका लागि यो एप उपयोगी छ। प्रयोगकर्ताले कार्डको स्टाइल, कलर र फन्ट छान्न पाउँछन्। कार्ड तपाईंले कि त इमेल गर्न नत्र भए एमएमएस गर्न पनि सक्नुहुन्छ। यो एप फ्री र प्रो दुवैमा पाइन्छ। एन्ड्रोइड र आई–फोन दुवैमा यो एप पाइन्छ।
३० डे रिलेसनसिप च्यालेन्ज
यो एपले जोडीलाई ३० दिनसम्म प्रेम जीवनबारे विभिन्न चुनौती दिन्छ। यी चुनौतीको सामना गर्दै जानुभयो भने तपाईंको सम्बन्ध झन्–झन् दरिलो हुँदै जान्छ। यो एपले तपाईंलाई दिनहुँ रोमान्टिक गतिविधि गर्न सुझाव दिन्छ। नडराउनुस्, यी चुनौती पूरा गर्न धेरै पैसा र योजना जरुरी हुन्न। यो एप एन्ड्रोइडमा मात्र उपलब्ध छ।
लेट्स डेट
यो भ्यालेन्टाइन्स डेमा डेटमा जान नपाएर निराश हुनुहुन्छ भने सान्त्वनाका लागि यो एपले काम गर्न सक्छ। यो एपले फेसबुक अकाउन्टमा कनेक्ट भएपछि आफ्नो प्रोफाइल बनाउनु पर्छ फोटो र रुचिहरू राखेर। त्यसपछि अरूको प्रोफाइल हेरेर लेट्स डेटमा क्लिक गर्न सकिन्छ। यदि अर्कोतर्फबाट पनि लेट्स डेटमा क्लिक भयो भने जोडा मिल्छ र डेट सेट हुन्छ। यो एप आई–फोनमा मात्र उपलब्ध छ।
टच नोट पोस्टकार्ड
आई–फोनमा उपलब्ध यो एपबाट तपाईं फेसबुक वा आई–फोनमा रहेको फोटोबाट युनिक पोस्टकार्ड वा ग्रिटिङ कार्ड प्रिन्ट गर्न सक्नुहुन्छ। त्यसमा तपाईं आफ्नो इच्छाअनुसारको शब्द वा पूरै वाक्य पनि थप्न सक्नुहुनेछ।
ह्यापी टकिङ क्युपिड
टकिङ टमकै शैलीमा यो एपमा रहेको क्युपिडले तपाईंले बोलेको कुरालाई दोहोर्यायउँछ। तपाईं योसँग खेल्न र फोटो पनि खिच्न सक्नुहुन्छ। त्यसैगरी यसमा भ्यालेन्टाइन्स म्यासेज राखेर साथी वा परिवारसँग बाँड्न पनि सक्नुहुन्छ। यो एप पनि आई–फोनमा मात्र उपलब्ध छ।
एभोकाडो
यो फेसबुकजस्तै एउटा सोसल नेटवर्किंग साइट हो। फरक के हो भने फेसबुक धेरै साथीहरू माझ बाँडिन्छ। यो भने एक जोडीका लागि मात्र। तपाईं आफ्ना फोटो, नोट र अन्य कुरा लेख्नुहुन्छ र त्यसलाई मात्र एक जनाले हेर्न पाउँछ। अर्थात् तपाईंको प्रेमी वा प्रेमिकाले। यो प्राइभेट ठाउँमा तपाईंहरूले आफ्नो प्राइभेट कुरा सेयर गर्ने वा च्याट गर्ने मौका पाइन्छ। कसैले हेर्ला, देख्ला वा जथाभावी कमेन्ट गर्ला भन्ने पनि डर भएन।
कपल
यो पनि माथि भने जस्तै विशेषता बोकेको आई–फोन र एन्ड्रोइड फोन दुवैमा उपलब्ध एप हो। एभोकाडोजस्तै भए पनि डिजाइनमा भने यो फरक छ। टाढा–टाढा रहेका आफ्ना प्रियजनसँगको सम्बन्ध बलियो बनाउन यो एप उपयोगी हुने दाबी निर्माताको छ। दुवै जनाले आ–आफ्ना फोनको एउटै भागमा छोएमा दुवै फोन भाइब्रेट हुने एउटा अनौठो विशेषता पनि यसमा जोडिएको छ।
बडी ल्याङ्ग्वेज गाइड
डेटिङमा जाँदा तपाईं के गर्ने? कसो गर्ने? अन्यौलमा पर्ने गर्नु हुन्छ वा पहिलो पटक डेटमा जाँदै हुनुहुन्छ भने कस्तो खालको बडी ल्याङ्वेजले के बुझाउँछ थाहा पाउन जरुरी हुन्छ। त्यसका लागि एन्ड्रोइडमा निःशुल्क उपलब्ध यो एप उपयोगी हुन्छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *