Thakasaथारु कल्याणकारिणी सभालगायतका संघसंस्थाहरुले भूकम्प पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन माग गरेका छन्। ती संस्थाहरुले प्रेस विज्ञप्ती जारी गर्दै तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका हुन्। सभाका अध्‍यक्ष धनिराम चौधरीद्वारा जारी विज्ञप्तीमा महाभूकम्पबाट ज्याज गुमाएकाहरुप्रति स‌वेदना व्यक्त गर्दै घाइतेको उपचार तथा राहत उपलब्ध गराउन माग गरिएको छ।

त्यस्तै थाकस उपत्यका समितिका सभा सत्यनारायण चौधरी (सुमन), थारु युवा सभाका कानुनलाल चौधरी, थारु महिला सभा, थारु महिला समाजलगायतका संघसंस्थाहरुले यस्तो प्राकृतिक विपद्का बेला सबै नेपालीले गच्छेअनुसार सहयोग गर्न अपिल गरेका छन्।

त्यसैगरी थारु कल्याणकारिणी सभाको नेतृत्वमा राजधानीमा सरसफाइ अभियान सञ्चालन गरिएको छ। भूकम्पपछि राजधानीमा फोहोर व्यवस्थापन हुन नसक्दा रोगको महामारी फैलिनसक्ने भएकाले थाकसको नेतृत्वमा थारु स‌घसंस्थाहरुले सरसफाइ अभियान सञ्चालन गरेका हुन्।Phohor




Leave a Reply

Your email address will not be published. Required fields are marked *