Modi Handovers ALH Dhruv Mk.3 Helicopter to PM Koirala

काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली सेनाका लागि अत्याधुनिक एक हेलिकोप्टर आज एक समारोहमा हस्तान्तरण गर्नुभएको छ। पाँच हजार पाँच सय किलोग्राम क्षमताको सो हेलिकोप्टर आज साँझ सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा रक्षामन्त्रीसमेत रहनुभएका प्रधानमन्त्री कोइरालालाई भारतीय प्रधानमन्त्रीले हस्तान्तरण गर्नुभयो।

दुई देशबीचको सहयोग आदानप्रदान गर्ने सन्दर्भमा भारत सरकारबाट नेपाली सेनालाई उक्त हेलिकोप्टर सहयोगस्वरूप उपलब्ध भएको हो।
चालक दलका दुई जनासहित कुल १६ सिट क्षमताको उक्त हेलिकोप्टरले मुलुकका पहाडी तथा हिमाली जिल्लामा सहजै रूपमा उडान भर्न सक्छ ।Indian PM Handovers ALH Dhruv Mk.3 Helicopter to PM Koirala

एक हजार ५०० किलोग्राम बराबरको तौलको सरसामान भारबहन गर्न सक्ने यो हेलिकप्टरले समुद्र सतहदेखि २२ हजार ९६० फिटसम्म उडान लिन सक्छ। यसमा चार स्ट्रेचर र दुई चिकित्साकर्मी रहन सक्ने छन्। यसले प्रतिघन्टा ३२० लि इन्धन उपभोग गर्ने यो हेलिकप्टर हिन्दूस्तान एरोनोटिकल लिबाट निर्माण भएको हो।
भारतीय सेना र नेपाली सेनाबीच लामो समयदेखि अत्यन्तै मित्रवत् सम्बन्ध रहँदै आएको छ। नेपाली सेनाका प्रधानसेनापति र भारतीय सेनाध्यक्षलाई एकार्का मुलुकले मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा पनि रहँदै आएको छ। सो अवसरमा भारतीय विदेशमन्त्री सुषमा स्वराज र प्रधानसेनापति गौरवशम्शेर जबरालगायतको उपस्थिति थियो। रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *