Help Flooding-5

काठमाौं- थारु इन्जिनियरीङ एसोसिएसनका पदधिकारीले २४ हजार ५ रुपियाँ राहत संकलन अभियानका युवाहरुलाई हस्तान्तरण गरेका छन्। नाइटिङ्गेल स्कुलमा आयोजित कार्यक्रममा एसोसिएसनका अध्यक्ष विद्यानन्द चौधरी र सदस्य उमेश चौधरीले नगद र जिन्दी सामान हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा अध्यक्ष चौधरीले बाढीपिडितका लागि राहतस्वरुप सो रकम सहयोग गरेको बताए। उनले अरुलाई पनि गच्छेअनुसार सहयोग गर्न आह्वान गरे। त्यस्तै सोही संस्थाका उमेश चौधरीले सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए। उनले अरु नगरे भन्दैमा आफूहरु पनि चुप लागेर बस्न नहुने बताए। ‘हामीलाई अरुले सहयोग गरेन भन्दैमा चुप लागेर बस्नु हुँदैन, यस्तो विपत्तिको बेला राहत संकलन गरेर पीडितहरुकहाँ पुर्यागउन सक्नुपर्छ,’ उनले भने।

Help Flooding-4

त्यस्तै थारु कम्युनिटीका आशिष चौधरीले थारु इन्जिनियरिङ एसोसिएसनले राहत उपलब्ध गराएकोमा धन्यवाद प्रादन गरे। ‘हजुरहरुको सपोर्टले थप काम गर्ने हौसला प्रदान गरेको छ। छिट्टै नै संकलित राहत समाग्री विस्थावित क्षेत्रमा वितरण गर्नेछौं,’ उनले भने।

थारु युवाहरुले पहिलो लटमा बाँके र बर्दियामा राहत वितरण गर्ने अभियानका संयोजक सीतारम चौधरीले बताए। उनले कतिपय ठाउँमा विस्थापितहरुलाई सरकारले अझै राहत वितरण गर्न नसकेको बताए। ‘त्यसैले ती क्षेत्रमा हामीले संकलन गरेको राहत वितरण गर्नेछौं,’ उनले भने।

राहत संकलन अभियानमा हालसम्म एक लाख नगद उठिसकेको अभियानकर्ता मदन चौधरीले बताए। उनका अनुसार देश विदेशमा रहेका नेपालीहरुले राहत संकलनमा सहयोग गरेका छन्। अष्ट्रेलिया, बेल्जियम, साउदी अरबलगायतका देशबाट सहयोग आउनेक्रम जारी रहेको मदनले बताए। पहिलो लटमा बाँके र बर्दियाका विस्थापित क्षेत्रमा गइ राहत वितरण गरिने अभियानकर्ता चौधरीले बताए। Help Flooding-6

त्यस्तै पशुपति गर्ल्स होस्टलका विद्यार्थीहरुले लत्ता कपडा सहयोग गरेका छन्। आफूहरुसँग भएको लुगा उनीहरुले बाढी पीडितका लागि सहयोग गरेका हुन्। त्यस्तै सर्वहित समाजले पाँच बोरा नुन र लत्ता कपडा सहयोग गरेका छन्। यसअघ संस्थाका अध्यक्ष नन्दु चौधरीले नगद पाँच हजार ५ रुपियाँ सहयोग गरेका थिए। विभिन्न क्षेत्रबाट सहयोग आउने क्रम भने जारी रहेको संयोजक चौधरीले बताए। विस्तृत विवरण हेर्नुस्:Help Flooding-3




Leave a Reply

Your email address will not be published. Required fields are marked *