facebook_messenger_android_ios

एजेन्सी- सामाजिक सञ्जालको लोकप्रिय साइट फेसबुकमा मोबाइलबाट च्याट गर्ने बानी लागेको छ? त्यसो भए तपाईंका लागि नराम्रो खबर– अब मोबाइलबाट च्याट गर्ने सुविधा तपाईंले पाउनु हुने छैन। केही समयपछि नै यो सुविधा विश्वभरका मोबाइल एप्सबाट हटाउने तयारी फेसबुकले गरेको छ।
त्यसो त युरोपका प्रयोगकर्तालाई फेसबुकले यसअघि नै यस्तो व्यवस्था गरिसकेको थियो। तर, अब भने विश्वभरकै प्रयोगकर्ता यसबाट प्रभावित हुने भएका छन्। एप्सभित्रबाट च्याट बन्द भए पनि धन्दा मान्नुपर्दैन। फेसबुकमा रहेका साथीहरूसँग च्याट गर्न फेसबुकले एउटा अर्को एप्स ल्याएको छ। म्यासेन्जर नामको यो एप्सबाट मात्र अब फेसबुकका साथीहरूसँग च्याट गर्न पाइनेछ।
फेसबुकले वक्तव्य जारी गर्दै अबका केही दिनमा नै फेसबुकमा म्यासेज पाउन तथा पठाउन म्यासेन्जर एप डाउनलोड गर्नैपर्ने बनाइने बताएको हो। फेसबुकले प्रत्येक प्रयोगकर्तालाई इमेल पठाउँदै यसबारे जानकारी पनि दिएको छ। डेस्कटप, ल्यापटप र विन्डोज फोन चलाउनेले भने अहिलेलाई फेसबुकभित्रैबाट च्याट गर्न पाउने छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *