http://www.dreamstime.com/royalty-free-stock-photography-petrol-pump-image2972037

काठमाडौं- नेपाल आयल निमगले सोमबार पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको छ । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ५० पैसा, डिजल र मट्टितेलमा प्रति लिटर २ रुपैयाँले मूल्य घटाइएको छ । उपभोक्ताले अब पेट्रोलको प्रति लिटर १ सय २५ रुपैयाँ ५० पैसा र डिजल/मट्टतिेलको ९९ रुपैयाँ ५० पैसा तिर्नुपर्ने हुन्छ ।

निगम प्रवक्ता मुकुन्द घिमिरेले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि त्यही अनुसार यहाँपनि समायोजन गरिएको बताए । असोज-१३ देखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागु गरिएपछि चौथो पटक मूल्य घटाइएको छ । चार पटकमा गरी पेट्रोलमा प्रति लिटर ८ र डिजल/मट्टतिेलमा ६ रुपैयाँ घटाइएको घिमिरेले जनाएका छन् । उनले अहिलेको मूल्य समायोजनपछि निगमको मासिक नाफा १८ करोड ३७ लाख हुने प्रक्षेपण गरिएको बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *