कैलालीका थारु महिला होमस्टेमा आएका पाहुनालाई स्वागत गर्दै। फाइल तस्बिर
कैलालीका थारु महिला होमस्टेमा आएका पाहुनालाई स्वागत गर्दै। फाइल तस्बिर

नवलपरासी– कावासोती–१५ बाघखोरमा रहेको थारु गाउँ घुम्न हिजोआज धेरै मानिस आउन थालेका छन्। थारु संस्कृति हेर्न र चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउनेहरुलाई गाउँमै होम स्टे बनेकाले बास बस्ने चिन्ता छैन। नारायणी नदी किनारमा रहेको यो गाउँमा एक पटक आइपुग्नेहरु खुशी भएर फर्किन्छन् कतिपय त दोहोर्याणएर पनि आउँछन्।
एक वर्ष अगाडि डब्लुडब्लुएफ, तराई भू परिधि कार्यक्रम (ताल), चितवन राष्ट्रिय निकुञ्ज र अमलटारी मध्यवर्ती उपभोक्ता समूहको ‘हमार दिगो गाउँ’ (हाम्रो दिगो गाउँ) कार्यक्रम अन्तरगत यो गाउँमा होम स्टे शुरु गरिएको थियो। पूर्व पश्चिम राजमार्गको डण्डाबाट करिब सात किलोमिटर दक्षिणमा पर्ने बाघखोरका २० घरमा होमस्टे छ। प्रत्येक घरको एउटा कोठा पर्यटकलाई छुट्याइएको यहाँ खानाका परिकार भने मौलिक नै छ। चिर्चिर, माछा, घोगी, अचार, हाँसबाट बनाइने थारु परिकारले पाहुनालाई स्वागत गरिन्छ।
२०७० जेठ ५ गते होम स्टे सुरु गरेपछि जिल्लाकै बिभिन्न संघ संस्था र कार्यालयबाट कार्यक्रम गर्न र बास बस्न उल्लेख्य रुपमा मानिसहरु आउने गरेका अमलटारी मध्यवर्ती होमस्टेका अध्यक्ष प्रेमशंकर मर्दनिया थारुले बताए। होम स्टे सञ्चालन भएदेखि तीन सय जना विदेशी र छ सय जना स्वदेशी आएका छन्। ‘पर्यटनबाट होमस्टे सञ्चालक प्रति घरले एक लाख पचास हजार रुपैयाँ कमाएका छन्। बिहान बेलुका पर्यटकको स्वागत खटिने यहाँका थारु समुदायका मान्छेहरु दिउँसो भने खेतीपाती र घरायसी काममा ब्यस्त हुन्छन्’ अध्यक्ष मर्दनिया थारुले भने।
बेलुका गाउँमा देखाइने थारु सांस्कृतिक प्रर्दशनीले पर्यटकहरु लोभिन्छन्। बिहान जंगल सफारी, हात्ती र गाडामा गरिन्छ। मध्यवर्तीभित्र आउने गैंडा, बाघ, भालु, चराचुरुङ्गी र जैविक विविधताले पर्यटक लोभिन्छन्। ‘थारु समुदायको स्वागत र ब्यवस्थापन पक्षले हामीलाई मोहित बनायो’ पाल्पाबाट आएका भगवान भण्डारीले भने ‘जैविक विविधिताको संरक्षणबाट गाउँलेको आम्दानी पनि बढ्छ।’ ‘यो गाउँमा वन र वातावरणले कति मोहित पार्छ भन्ने कुरा पुष्टि गरेको छ,’ अर्का पाहुना कमल तिमल्सेनाले भन्नुभयो ‘थारु संस्कृति र वातावरण दुबै चिज यहाँको वरदान हो।’
विद्रोही गिरी/उज्यालो अनलाइन साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *