group photo

काठमाडौं- नेपालले एसिसी यु–१९ प्रिमियर क्रिकेट दोस्रो स्थानमा टुंग्याएको छ। राउन्ड रोबिनको अन्तिम खेलमा नेपालले शनिबार युएईलाई ९४ रनले पराजित गर्यो्। नेपालले कुवेतमा भइरहेको प्रतियोगिताका ५ मध्ये ४ खेल जित्यो। नेपाल अघिल्लो दिन निर्णायक खेलमा अफगानिस्तानसँग ५ विकेटले पराजित भएको थियो। अफगानिस्तान सबै ५ खेल जिती विजेता बन्यो। नेपालले सन् २००१ देखि २००७ सम्म लगातार चारपटक जितेको यो प्रतियोगितामा पछिल्लो तीनैपटक अफगानिस्तान विजेता बनेको छ, जसमा दुईपटक नेपाल उपविजेता भएको छ।

अफगानिस्तानले शनिबार अन्तिम खेलमा कुवेतलाई २ सय ६ रनले पराजित गरी उपाधिको औपचारिकता पूरा गर्योम। नेपाललाई शुक्रबार नै पराजित गरेपछि अफगानिस्तान विजेता बन्ने लगभग निश्चितजस्तै भइसकेको थियो। विजेताको हैसियतमा अफगानिस्तान २०१६ मा बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकपका लागि सोझै छनोट भएको छ। नेपालले बंगलादेशमा स्थान पाउन प्लेअफ खेल्नुपर्नेछ। अन्य पाँच महादेशको उपविजेता टोलीले प्लेअफमा खेल्ने छन्।

कुवेत सिटीको टाक टेक मैदानमा टस हारेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २ सय ५० रन बनायो। आरिफ शेख र प्रेम तामाङले अर्धशतक बनाउँदै नेपाललाई राम्रो स्थितिमा पुर्या ए। म्यान अफ द म्याच आरिफले ८६ बलमा ६० रन बनाए। उनले ४ चौका र १ छक्का प्रहार गरे। अघिल्ला खेलहरूमा ओपनर र तेस्रो नम्बरमा खेलेका प्रेमले शनिबार छैटौं नम्बरमा खेल्दै ४८ बलमा ५२ रन बनाए। उनले ४ चौका प्रहार गरे।

सुनील धमलालाई पहिलो बलमै गुमाएको नेपालबाट अर्का ओपनर सुनील सुनार १८ रनमा आउट भए। शंकर रानाले ४८ रन जोडे। ८६ बलको इनिङ्समा उनले ५ चौका प्रहार गरे। कप्तान राजु रिजाल ७, दीपेन्द्रसिंह ऐरी २ र सौरभ खनाल १ रनमा आउट भए। योगेन्द्रसिंह कार्कीले २८ बलमा ४ चौका प्रहार गर्दै ३५ रन बनाएपछि नेपालको स्कोर मजबुत भएको थियो। युएईका अश्विन क्रास्टाले ३ तथा युधिन पुन्जा र आरोन काटामपालीले २–२ विकेट लिए।

कार्थिक शेखर र बरुना पेरेराले अर्धशतक बनाए पनि युएईलाई नेपालले ४४.३ ओभरमा १ सय ५६ रनमा अलआउट गरिदियो। शेखरले ५२ र पेरेराले ५७ रन बनाए। शेखरले ९५ र पेरेराले ७३ बल खेली समान २ चौका र १ छक्का प्रहा गरे। यी दुईले चौथो विकेटमा ८४ रनको साझेदारी गरेका थिए।

नेपालबाट दीपेन्द्रले ३ विकेट लिए। उनले ६.३ ओभरमा १९ रन खर्चे। इर्साद अहमदले १० ओभरमा १ मेडन राख्दै २८ रन खर्चेर २ विकेट लिए। सौरभ, आरिफ, सुशील कँडेल र सुनीलले १–१ विकेट लिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *