nepal-vs-namibia-1

नेपालले आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने भएको छ। बुधबार सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसी बोर्ड बैठकले केन्या र नेपाललाई वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेलाउने निर्णय गरेको हो। आइसीसीले डिभिजन वानको शीर्ष स्थानमा रहेका अफगानिस्तान र आयरल्याण्डलाई सन् २०१९ को विश्वकपका लागि र्‍याङ्किङ छनोट सिस्टममा समावेश गरेको छ।

सन् २०१७ को सेप्टेम्बरमा जारी हुने वन डे टीम र्‍याङ्किङको शीर्ष आठ टीमविश्वकपमा स्थान बनाउनेछ । पुछारका चार टीमले विश्वकप छनोट खेल्नु पर्नेछ। अफगानिस्तान र आयरल्याण्डले वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्ने छैन। उक्त स्थानमा हालै नामिबियामा सम्पन्न डिभिजन टूको तेस्रो केन्या र चौथो नेपाल छनोट भएको छ।

अब नेपाल र केन्याले हङकङ, नामिबिया, नेदरल्याण्ड, पपुवा न्यूगिनी, स्कटल्याण्ड र युएईसँग वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्नेछ, जुन दुई वर्षे हुनेछ। यो अवधिमा नेपालले प्रत्येक टीमसँग दुई-दुई खेल खेल्नेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *