Sompal-Kami

बलियो प्रतिस्पर्धि मानिएको नेदरल्यान्ड्सलाई नेपालले २ विकेटले पराजित गरेको छ । नेपालले १ सय ५९ रनको लक्ष्य निर्धारित ५० ओभर सकिन ३ बल बाँकी रहँदा पूरा गरेको छ । शरद भेस्वाकरले अन्तिम विजयी रन बनाए । भेस्वकार २४ मा र शक्ति गौचन २ रनमा अविजित रहे ।

सोमपाल कामीले महत्वपूर्ण समयमा हानेको ३ चौकाले टिमलाई जितको नजिक पुर्यायो । कामीले २८ बलमा ३ चौकाको मद्दतले २४ रन बनाएर ४८ ओभरको पहिलो बलमा क्याच आउट भए । उनले ४४ औं ओभरमा २ र ४७ औं ओभरको १ चौका प्रहार गरे । ३९.५ औ बलमा बसन्त रेग्मी क्याच आउट भएका थिए । उनले १९ बल खेलेर एक चौकाको मद्दतले ६ रन बनाए । रेग्मी आउट भउपछि शरद र सोमपालको जोडी क्रिजमा टिकेको थियो ।

टिमका लागि ३० बलमा ३५ रन जोडेर बिनोद भण्डारीले महत्वपूर्ण योगदान गरेका छन् । उनले १ चौका र ३ छका प्रहार गरे । कप्तान पारस खड्काले १९, सुवास खकुरेलले १५ र सागर पुनले १३ रन बनाए । नरेश बुढाऐर १ रन र उपकप्तान ज्ञानेन्द्र मल्ल शुन्यमा आउट भएका छन् । खकुरेलले एक चौका हानेका थिए । नरेश र ज्ञानेन्द्र खेलको सुरुवातमै तेस्रो ओभरमै आउट भए । सुरुमै दुई विकेटको क्षतिले नेपाल दवाबमा परेको थियाे ।

टस जितेर पहिलो ब्याटिङ रोजेको नेदरल्यान्ड्सलाई नेपाली बलरले निर्धारित ५० ओभर सकिनु एक बल अगाडि अल आउट गरेको थियो । आज २ विकेट लिएर बसन्त रेग्मी विश्व क्रिकेट लिमा १ सय विकेट लिने पहिलो खेलाडी बनेका छन् ।

शनिबार भएको पहिलो खेलमा युगान्डासँग २ रनले अप्रत्याशित हार व्यहोरेको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *