Tha Ka sa..

इटहरी- थारु कल्याणकारिणी सभाको २१औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाइको ओइरो लागेको छ। आइतबार सुनसरीको इटहरिमा आयोजित कार्यक्रममा नवनिर्वात अध्यक्ष धनिराम चौधरी र केन्द्रीय सदस्यहरुलाई बधाइ अर्पण गरिएको थियो।

नगरसमितिका सभापति दुखीलाल चौधरीको सभापतित्वमा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष धनिराम चौधरी, उपाध्यक्ष बाबुराम चौधरी, कन्नुलाल चौधरी, सचिवाय सदस्य राजकुमार लेखी, रामकृष्ण चौधरी, केन्द्रीय सदस्य उर्मिला चौधरीलगायतले आफ्नो धारणा रखेका थिए। कार्यक्रममा महाधिवेशनबाट पारित २१ बुँदे घोषणा पत्र र केन्द्रीय समिति बैठकको निर्णयलाई स्वागत गरेको थियो।

त्यस्तै आजै थाकस जिल्ला समिति सप्तरीले महुली बजारमा बधाइ कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा कोषाध्यक्ष जयराम पञ्जियार, सभासद्‍ मानपुर चौधरी, उपाध्यक्ष हरिदेवी चौधरी, केन्द्रीय सदस्य रामवति चौधरी र सरस्वती चौधरी सहभागी थिए।

त्यस्तै सिरहाको लहानमा पनि सभाको जिल्ला कार्यसमितिले नवनिर्वाचित पदाधिकारीलाई बधाइ अर्पण गरेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *