Prgm

काठमाडौं- थारु भाषा, साहित्य र संस्कृतिलाई प्रबर्द्धन गर्ने उद्देश्यका साथ ‘थारु सांस्कृतिक झंकार’ कार्यक्रम हुने भएको छ। चम्पन सांस्कृतिक समूह र ठुम्रार साहित्यिक बखेरीको संयुक्त आयोजनामा सो कार्यक्रम असोज ४ गते कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको हलमा हुने बताइएको छ।

कार्यक्रममा थारु संस्कृति झल्किने गीत/नृत्य प्रस्तुत हुने कार्यक्रमका संयोजक नन्दु चौधरीले बताए। उनले कार्यक्रममा मनोरञ्नका साथै साहित्यिक रचना र किताब विमोचन हुने बताए। उनका अनुसार बाढीपीडितका लागि सहयोगस्वरुप आयोजना गरिएको यस कार्यक्रमको टिकट मूल्य क्रमश ५००, २०० र १०० राखिएको छ।

बचेको रकमको पचास प्रतिशत बाढीपीडितलाई प्रदान गरिने संयोजक चौधरीले बताए। कार्यक्रमको सर्वहित समाज, नेपाल, थारु विद्यार्थी समाज, बर्दियाली थारु विकास मञ्च र कैलाली-कञ्चनपुर मैगर थारु विकास मञ्चले सहकार्य गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *