सोम डेमनडौरा, नेपालगञ्ज- जंग्रार साहित्यिक बखेरी नेपालको आयोजनामा नेपालगञ्जमा साहित्यिक बखेरी सम्पन्न भएको छ। साहित्यकार तथा लेखक कृष्णराज सर्बहारीको प्रमुख आतिथ्यमा सम्पन्न सो बखेरीमा साहित्यिक बखेरीको औचित्यता र यसको दिगोपनाको बारेमा छलफल तथा साहित्यबाचन समेत गरिएको थियो।

साहित्यकार कृष्णराज सर्बहारीले जंग्रार साहित्यिक बखेरीले अन्तराष्ट्रियरुपमा नै शाखा बिस्तार गरेकोमा खुसी व्यक्त गर्दै सराहनीय काम गरेको बताए। उनले बखेरी बिस्तारका साथसाथै अबका दिनमा प्रकाशन तथा साहित्यिक दस्ताबेजीकरणमा ध्यान दिनुपर्ने बताए। यसका साथै, अबका दिनमा थारु भाषा  साहित्यबारे अध्ययन अनुसन्धान गर्नुपर्ने औंल्याए। लेखक सर्बहारीले थारु भाषाको कबिता या गजल कुन शैलीमा लेखिँदैछ, यसले समाजमा कस्तो प्रभाव पारेको छ भन्ने  कुरा अब खेाज्नु पर्ने र बिश्लेषण गर्नुपर्ने बेला बताए।

जंग्रार साहित्यिक बखेरीका अध्यक्ष सोम डेमनडौराले विभिन्न देशमा खोलिएका शाखाहरुले थारु भाषाका पुस्तकहरु प्रकाशनका लागि कोष संकलन र स्थापनामा समेत प्रयास भइरहेको बताए। अध्यक्ष डेमनडौराले तदर्थ समितिमा रहेका बखेरी अब दर्ता गरेर नै थारु भाषा साहित्यको उत्थान, विकास र सम्बर्द्धनका लागि अघि बढ्नुपर्ने जनाए। यस वर्ष थारु भाषाको संयुक्त गजल संग्रह तत्काल प्रकाशन गर्न लागिएको समेत उनले सहभागी माझ जानकारी गराए।

बखेरीमा कैलालीका सागर कुश्मी, कपिलबस्तुका शंकर चौधरी, बर्दियाका ठाकुर अकेला, राम चौधरी, बाँकेका करण चौधरीलगायतले थारु भाषाका कबिता, गजल, मुक्तक बाचन गर्नुका साथै गीत पनि गाएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *