Rekha Thap in Tharu Dress-1

अभिनेत्री रेखा थापा एकपटक फेरि थारु भेषभुषामा सजिएकी छन्। उनी नेपालगन्जमा थारु समुदायको पहिरन लेहेँगा र चोलियामा सजिएकी हुन‍। आफ्नो फेसबुकमा तस्बिर अपलोड गरेकी रेखा थापाले ‘पूर्वको हौं या पश्चिमको माटो त एउटै हो, छरिएर बसे के भो आँगन त एउटै हो’ भन्दै स्टाटस लेखेकी छन्। तस्बिर उनी निकै नै सुन्दर देखेकी छन्। यो उनको थारु पहिरनमा पहिलो अनुभव भने होइन।

Rekha Thap in Tharu Dress-4

यसअघि पनि शुक्रवार साप्ताहिकको ब्लोअप पेजमा माघी पर्वको संघारमा उनी थारु पहिरनमा सजिएकी थिइन्। त्यतिमात्र होइन, उनले आफ्नो फिल्म ‘हिम्मतवाली’मा पनि थारुको पहिरनलाई देखाएकी छन्। कञ्चनपुरको एक थारु गाउँमा छाँयाकन गरिएको ‘काली तिम्रो नजरले…’ बोलको गीतमा थारु चेलीहरुलाई थारु पहिरनमा देखाइएको छ।

Rekha Thap in Tharu Dress-2

Rekha Thap in Tharu Dress-3




Leave a Reply

Your email address will not be published. Required fields are marked *