Tharu Kalyankarini sahakari

थारु कल्याणकारिणी सहकारी संस्थाले वीरेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। तमोबौद्ध हलमा भएको भेलाले ७ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा समिति तथा सुपरिवेक्षण समिति चयन गरेको हो।

सञ्चालको समितिको उउपाध्यक्षमा दिपक कुमार मण्डल, सचिवमा प्रमीलाल चौधरी, कोषाध्यक्षमा कृष्णदेव चौधरी, सदस्यमा लक्ष्मीप्रसाद चौधरी, युवारज चौधरी र जयनारायण चौधरी छन्। त्यस्तै लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा गोपी चौधरी, सदस्यमा रामस्वागत चौधरी र लिलम चौधरी छन्।

शनिबार भएको साधारण सभा भेला ज्ञानीप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। भेलामा थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरी, डा. पुलकित चौधरी, हरिबाबु चौधरीलगायतको उपस्थिति थियो।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *