Banda satra tharu

मदन चौधरी, विर्तामोड- थारु कल्याणकारिणी सभाको जारीं महाधिवेशनमा संसोधन प्रस्तावलाई लिएर विवाद भएको छ । विर्तामोडको अग्रेसन भवनमा जारी बन्द सत्रमा सभाका अध्यक्ष चन्द्रकुमार चौधरीले ल्याएको विधान संसोधन प्रस्ताव विधान विपरित र प्रक्रियागत गलत भएको भन्दै सहभागी प्रतिनिधिहरुले विरोध जनाएका हुन् ।

उपत्यका समितिका पूर्वअध्यक्ष प्रेमी चौधरीले केन्द्रीय समितिमा छलफल नै नचलाई संसोधन प्रस्ताव ल्याएको बताए । ‘केन्द्रीय समितिमा छलफल बेगरै विधान संसोधन ल्याइएको छ । जुन विधान विपरीत छ । यसको जवाफ उहाँले दिनुपर्‍यो,’ बन्दसत्रमा बोल्दै उनले भने । उनले प्रक्रिया नै गलत भएपछि सुभाmव दिनुको कुनै तुक नरहेको बताए।

त्यस्तै उदयपुरका साभपति प्रदीप चौधरीले संसोधन प्रस्तावको विरोध गरेका छन् । उनले संसोधन प्रस्ताव अनुमोदनपछि जिल्ला सभापतिहरुला पनि जानकारी गराउनुपर्ने भन्दै यस्तो प्रस्ताव मान्य नहुने बताए ।’विधान संसोधन प्रस्तावको प्रक्रिया विलकुल गलत छ,’ उनले भने, ‘यसबारे विस्तृत छलफल चलाइयोस्।’ संसोधन प्रस्तावमै उपत्यका समितिका अध्यक्ष सुमन चौधरीले पनि विरोध गरे । उजले कल्याणकारिणी सभाको अध्यक्ष र यही संगलठनमा वर्षौ काम गरेर पनि विधान नपढेको भन्दै आलोचना गरे । उनले यसको जवाफ दिन अध्यक्षलाई आग्रह गरेका थिए ।

त्यस्तै सभाका पूर्व महामन्त्री अमृत खाँले पनि विधानै नबुझी संसोधन प्रस्ताव ल्याएको भन्दै विरोध गरे । तीन पटक महामन्त्रीको जिम्मेवारी सम्हालिसकेका उनले चन्द्र चौधरीलाई एक पटक विधान पढ्न सुझाव दिए ।’संगठनमा काम गरेपछि पहिलको काम विधान पढ्न पर्छ । तर हाम्रा अध्यक्षज्यूले एक कार्यकालमा पनि विधान पढ्न भ्याउनुभएनछ,’ बन्द सत्रमा बोल्दै उनले भने, ‘विधानै नपढेकाले कार्यकाल कसरी चलाए होला सोच्न बाध्य बनाएको छ ।’

विधानको धारा ५३ को २ मा विधान संसोधनका लागि अध्यक्षले विधान संसोधन समिति गठन गर्ने, ३ मा संसोधन सम्बन्धी प्राप्त भएको सुझाव उपर विचार विमर्श गरी केन्द्रीय समितिमा पेस गर्नुपर्ने, ४ मा केन्द्रीय समितिले विचार विमर्श गरी संसोधन गर्न आवश्यक देखिए केन्द्रीय सभामा पेस गर्नुपर्ने र ५ मा कार्यसमितिले संसोधन गर्न आवश्यक ठहर्याएमा विधान संसोधन सम्बन्धी प्रस्ताव केन्द्रीय सभाका सदस्यहरुलाई उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

यता संसोधन प्रस्ताव ल्याएका चन्द्रकुमारले विधान संसोधन समिति केन्द्रीय समितिले गठन गरेको दाबी गरेका छन् । उनले आफ्नो नेतृत्वमा पाँच सदस्यीय समिति गठन भएको बताए । उनले समितिमा खडग चौधरीलगायतको सदस्य रहेको दाबी गरे । विरोध किन भयो भन्ने नागरिकको प्रश्नमा उनले भने, ‘कुरै नुबझी उहाँहरुले विरोध गरिरहनुभएको छ । बकैदा केन्द्रीय समितिले नै विधान संसोधन समिति गठन गरेको छ र अहिले आएर जथाभाबी कहाँ भन्न पाइन्छ ।’

सभाका पूर्व महामन्त्री राजकुमार लेखीले चन्द्रकुमारको कार्यकाल पूरा विफल भएको पुष्टि भएको बताए । ‘विधानअनुसार जे गर्नुपर्ने हो त्यो गरिएको छैन । यसले उहाँको कार्यकाल, उहाँका केन्द्रीय समिति पूरा विफल भएको साबित भयो,’ उनले भने ।

त्यसका अलवा संसोधन प्रस्तावमा युवालाई प्रवेश गराउनुपर्ने सुझाव आएको छ । आधा दर्जन प्रतिनिधिहरुले सभामा नयाँ जोश जाँगर भएका युवालाई सहभागी गराउनुपर्ने सुझाव दिएका छन् । ‘विधान संसोधन प्रस्ताव प्रक्रिया गलत भए पनि अबको विधानमा युवालाई प्रवेश गर्न सजिलो बाटो बनाइदिनुपर्छ, एक प्रतिनिधिले भने, ‘अहिलेको विधानमा युवाका लागि लम्बातान प्रक्रिया अपनाइएको छ । त्यसलाई सिधा पार्न सके सभामा पनि एक से एक युवाहरु सहभागी हुनेछन् ।

आयोजक समितिकिो विरोध
बन्द सत्र ब्यवस्थित नभएको भन्दै प्रतिनिधिहरुले मूल आयोजक समितिलाई विरोध गरेका छन् । बन्द सत्रभित्र प्रतिनिधिहरु जम्मा भए पनि कार्यक्रमबारे सेडुअल उपलब्ध नगाराको भन्दै विरोध गरेका हुन् । प्रगति विविरण, आर्थिक प्रतिवेदन प्रतिनिधिलाई उपलब्धै नगराइकन महामन्त्री र कोषध्यक्षले पढेपछि प्रतिनिधिहरु हामी भात खान मात्र आको हो र भन्दै विरोध गरेका हुन् । विरोध भएपछि कार्यक्रम आधा घन्टालाई रोकरआयोजकले विवरण फोटोकपी गर्न पठाएाको थियो ।

उम्मेदवार बढ्यो
थारु कल्याणकारिणी सभाको २१ औं महाधिवेशनमा यसअघि दुई जनाले उम्मेदवारी घोषणा गरिए पनि अहिले ६ जनाको उम्मेदवारीबारे हल्ला चलेको छ । बन्दसत्रभित्र यसअघिका उम्मेदवार रुपन्देहीका धनिराम चौधरी र हालकै अध्यक्ष चन्द्रकुमार चौधरीका अलवा दांगका राजेन्द्र चौधरी रौतहटका अमृत खाँ, सर्लाहीका उदयनारायण चौधरी र महिलामा सिरहाका हरि देवीको उम्मेदवारीबारे हल्ला चलेको सहभागी एक प्रतिनिधिले बताए ।
अर्का एक प्रतिनिधिले भने ६ जनाको हल्ला चले पनि दुईबीच चुनाव हुने निश्चित देखिएको छ । धनिराम चौधरी र चन्द्रकुमार चौधरीबीच चुनाव हुने ती प्रतिनिधिले बताए ।
बुधबार सुरु भएको तीन दिने महाधिवेशनको आज अन्तिम दिन हो । बन्द सत्र शुक्रबार ७ बजेसम्मको लागि स्थगित गरिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *