थारु कल्याणकारिणी सभाको २१औं महाधिवेशनको दोस्रो दिन बन्द सत्र चलिरहँदा अध्यक्षमा ६ जना उठ्ने हल्ला चलिरहेको छ। झापाको विर्तामोडस्थित अग्रेसन भवनमा भइरहेको बन्द सत्रमा ६ जनाको नाम सुनेको एक जिल्ला सभापतिले बताए। उनले अध्यक्षमा रुपन्देहीका धनिराम चौधरी, हालका अध्यक्ष चन्द्रकुमार चौधरी, दाङका राजेन्द्र चौधरी, रौतहटका अमृत खाँ, सर्लाहीका उदयनारायण चौधरी र सिरहाका हरि देवी चौधरीले उम्मेदवारी दिने हल्ला चलेको बताए।

यसअघि भने धनिराम र चन्द्रकुमारले औपचारिकरुपमै आफ्नो उम्मेदवारी सार्वजनिक गरेका थिए। अधिकांश थारु मुद्दा आफ्नो कार्यकालमा उठान भएकाले त्यसलाई पूरा गर्नका निम्ति यो कार्यकाल पनि आफूले पाउनेपर्ने दाबी चन्द्रकुमारको छ। विद्यानमा दुई कार्यकालसम्म चलाउने व्यवस्था छ।

यता धनिराम चौधरीले जसरी पनि आफूले नेतृत्व पाउनुपर्ने दाबी गरे। उनले थारु कल्याणकारिणी सभालाई हाँक्नसक्ने खालको नेतृत्वको आवश्यकता भएकाले नेतृत्व आफूले पाउनुपर्ने दाबी गरे। पेसा इन्जिनयर भए पनि विगत ३५ वर्षदेखि सभालाई गर्दै आएको योगदानलाई निरन्तरता दिने उनले बताए।

Dhaniram chy

धनिराम चौधरी।

rajendra chy

राजेन्द्र चौधरी।

Hari devi

हरि देवी।

amrit kha

अमृत खाँ।

Chandra nrn chaudhary

चन्द्रकुमार चौधरी।




Leave a Reply

Your email address will not be published. Required fields are marked *