logo tharuझापा- थारु कल्याणकारिणी सभा झापाले असोज २९ गते जिल्लामा हुने २१औं महाधिवेशनको प्रचारप्रसारलाई तीब्र पारेको छ। सभाले झापाको गाउँ, नगर, क्षेत्रको अधिवेशन गर्नुका साथै महाधिवेशनको प्रचारप्रसारलाई तीब्र पारेको हो।

सभाले झापाको गाउँ, नगर, क्षेत्रमा टोलीगत रुपमा गई महाधिवेशनको प्रचारप्रसार र समिति गठन गरिरहेको छ। यसैक्रममा थारु सभा सतासीधामको अध्यक्षमा सूर्यनारायण चौधरी चयन भएका छन्। ११ सदस्यीय समितिको उपाध्यक्षमा मीरा चौधरी, सचिवमा भिखन चौधरी, सहसचिवमा देवकुमार चौधरी र कोषाध्यक्षमा फूलकुमारी चौधरी छन्।

जिल्ला अध्यक्ष काशीलाल चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुष्पलाल, हरिनारायण, तेजनारायण, लवकुमार, गणेश, बुद्धिमान, सृजना, झलक, पशुपति, आशा, अयोध्या, सूर्यनारायण, दीपा चौधरीलगायतले बोलेका थिए।

त्यस्तै थारु सभा बिर्तामोड नगरपालिकाको अध्यक्षमा चतुरनारायण चौधरी, उपाध्यक्षमा चिरञ्जीवी, सचिवमा भगवान, सहसचिवमा विजय, कोषाध्यक्षमा अञ्जा चौधरी चयन भएका छन्। सदस्यहरुमा खोकेन, सुशिला, मंगलिक, विमला, रोहित, रामकुमार चौधरी छन्।

त्यसैगरी, थारु सभा दमक नगरको अध्यक्षमा बुद्धिमान चौधरी, उपाध्यक्षमा दिपा, सचिवमा लिला, सहसचिवमा भूपेन्द्र, कोषाध्यक्षमा शिवकलाल चौधरी छन्। सदस्यमा जीवन, सीता, गायत्री, दिपलाल, प्रितमलाल, कमल चौधरी छन्। यसअघि थारु सभाको क्षेत्र नं. १, २, ४, मेचीनगर, शान्तिनगर, शनि–अर्जुन नगरपालिकाको समिति चयन गरिसकेको सहसचिव लवकुमार चौधरीले बताए।

महाधिवेशनको तयारीका लागि थारु सभाको केन्द्रीय भेला झापामा साउन २७ र २८ गते हुने उनले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *