धर्मलाल चौधरी
धर्मलाल चौधरी

कमला चौधरी, बुटवल- थारु कल्याणकारिणी सभा केन्द्रीय सचिवालयको बैठकले रिक्त रहेको केन्द्रीय सदस्यमा तीन जनालाई मनोनित गरेको छ। सभाका केन्द्रीय अध्यक्ष धनिराम चौधरीको अध्यक्षतामा बसेको बैठकले प्रिज्मासिंह थारु (बर्दिया), धर्मलाल चौधरी (काठमाडौं उपत्यका) र रामबाबु चौधरी (बारा) गरी तीन जनालाई केन्द्रीय सदस्य पदमा मनोनित गरेको हो।

त्यसैगरी नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद्को सदस्यमा थारु कल्याणकारिणी सभाको तर्फबाट केन्द्रीय सदस्य सरस्वती चौधरी र प्रेमीलाल चौधरीलाई मनोनयन गरी पठाउने निर्णय गरेका छ।

थाकस केन्द्रीय संगठन विभाग प्रमुखमा उपाध्यक्ष बाबुराम चौधरीलाई मनोनयन गरेको छ भने केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुखमा कोमलप्रसाद थारुलाई मनोनयन गरेको छ।

केन्द्रीय परिषद्को बैठकले थाकसको विधान संशोधनसहित पारित गरेको छ। परिषद्को बैठकले लुम्बिनी परिसरभित्र बुद्ध विहारको निमार्ण गर्नका निम्ति एक विग्हा जग्गा माग गर्ने निर्णय समेत गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *