ummedwar

विर्तामोड- थारु कल्याणकारिणी सभाको जारी २१औं महाधिवेशनमा अध्यक्षका लागि तीन जनाले उम्मेदवारी दिएका छन्। निवर्तमान अध्यक्ष चन्द्रकुमार चौधरी (सुनसरी), धनिराम चौधरी (रुपन्देही) र राजेन्द्र चौधरी (दाङ)ले उम्मेद्वारी दिएको निर्वाचन अधिकृत बलदेव चौधरीले बताए। यसअघि ६ जनाको नाम आए पनि हरिदेवी चौधरी, अमृत खाँ र उदयनारायण चौधरी पछि हटेका छन्। उनीहरुले धनिराम चौधरीलाई सहयोग गर्ने बताए। 

यता चन्द्रकुमार र राजेन्द्र चौधरी चुनावमै जान परे पनि उम्मेदवारी फिर्ता नलिने बताए। चन्द्रकुमारले आफ्नो पक्षमा बहुमत रहेको भन्दै पछि नहट्ने बताए। धनिराम चौधरीले पनि आफ्नो पक्षमा ९५ प्रतिशत मत रहेको दाबी गरेका छन्।

त्यस्तै बलदेवका अनुसार महिलातर्फ १४ जना र भूगोलतर्फ ३० जना केन्द्रीय सदस्यको उम्मेदवारी परेको छ। तल हेर्नुस् विस्तृत नामावली।

list n




Leave a Reply

Your email address will not be published. Required fields are marked *