11082545_652568498177039_5419784334197814949_nथारु कल्याणकारिणी सभाले भातृ संगठन विस्तार गरेको छ। राजधानीमा आयोजित संयुक्त भातृसंगठन भेलाले थारु युवा सभा, थारु शिक्षक सभा, थारु भाषा तथा साहित्य भेला, थारु महिला सभा (उपत्यका समिति) गरेको हो। युवा सभा र महिला सभाको उपत्यका समिति भने पुनःगठन गरेको हो ।

थाकसले युवा सभामा कानुनलाल चौधरीको अध्यक्षतामा १७ सदस्सीय केन्द्रीय समिति गठन गरेको छ। शिक्षक सभामा अरुण चौधरीको अध्यक्षतामा १५ सदस्सीय केन्द्रीय समिति गठन गरेको छ भने भाषा तथा साहित्य सभामा बम बहादुर चौधरीको अध्यक्षतामा १३ सदस्सीय केन्द्रीय समिति गठन गरेको छ। त्यस्तै महिला सभाको उपत्यका समितिमा  तारा चौधरीको अध्यक्षतामा ११ सदस्सीय समिति गठन गरेको छ।

त्यस्तै थाकसले गाउँ तथा नगर कमिटीका सदस्यहरुलाई प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। जेठ १ र २ गते हुने प्रशिक्षणमा देशभरिका गाउँ तथा नगर कमिटीका सदस्यहरुकाो सहभागिता रहने थाकसले जनाएको छ। उक्त प्रशिक्षय चितवनको सौरहा जा काठमाडौंमध्ये एक ठाउँमा हुने बताइएको छ।

यता महिला सभा उपत्यका समितिका यसअघिका अध्यक्ष रेणु चौधरीले आफूलाई खबरै नगरी समिति पुनःगठन गरेको भन्दै आपत्तित जनाएकी छन्। उनले थासको रवैयाप्रति असन्तुिष्टिसमेत जनाएकी छन्।

यसअघि आयोजना गरेको अधिवेशन सफल हुन नसकेपछि थासकले महिला सभा उपत्यका समितिको कार्यसमिति विघटन गरिदिएको दाबी गरेको छ।

*सच्याइएको




Leave a Reply

Your email address will not be published. Required fields are marked *