jhapa adhibesan-2

झापा- थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति झापाको १०औं जिल्ला अधिवेशन सम्पन्न भएको छ। जिल्ला अधिवेशनको उद्घाटन गर्दै थारु कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष चन्द्रकुमार चौधरीले २०औं महाधिवेशन गर्न सम्पूर्ण थारुहरुलाई एकजुट हुन आह्वान गरेका छन्। उनले महाधिवेशन झापा २०७१ असोज २९, ३० र ३१ गते गर्ने अवगत गराउँदै थारु सभाको नगर, गाउँ तथा टोलबाट थारुहरुलाई सहभागी हुन आग्रह गरे।

नेपाल आदिवासी जनजाति महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष राजकुमार लेखीले झापाली थारुहरुले महाधिवेशनको जिम्मा लिएर इतिहास कोर्न गइरहेको बताए। उनले थारु कल्याणकारिणी सभाको केन्द्र, जिल्ला तथा गाउँको नेतृत्व युवाहरुले लिनुपर्ने जोड दिँदै सभालाई नयाँ शिराबाट अघि बढाउन जुझारु नेतृत्वको खाँचो रहेको औंल्याए।

jhapa adhibesan-1

थारु कल्याणकारिणी सभाका निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा सल्लाहकार धनीराम चौधरीले थारु कल्याणकारिणी सभाको इतिहास र वर्तमान अवस्थाको बारेमा प्रष्ट्याएका थिए।

सभाका जिल्ला अध्यक्ष बीरबहादुर चौधरीको सभापतित्व, जिल्ला सचिव इन्द्रकुमार चौधरीको सञ्चालन र जिल्ला सदस्य सञ्जा चौधरीको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा सभाका केन्द्रीय सदस्य श्रीप्रसाद चौधरी, केन्द्रीय पार्षद श्रीमती कृष्णमाया चौधरी, जिल्ला सल्लाहकार काशीलाल चौधरीलगायतले बोलेका थिए।

थारु कल्याणकारिणी सभा झापा सभापतिमा काशीलाल चौधरी चयन भएका छन्। ११ सदस्यीय कार्यसमितिको सदस्यहरुमा दिपा चौधरी, दिपिका चौधरी, मैना चौधरी, भगिरथ चौधरी, अयोध्या चौधरी, लवकुमार चौधरी, पुष्पलाल चौधरी, हरिनारायण चौधरीलगायत छन्।

त्यस्तै केन्द्रीय पार्षदमा वीरबहादुर चौधरी, हरिनारायण चौधरी, कृष्णमाया चौधरी चयन भएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *