tharu_lowmakers-12

काठमाडौं- आदिवासी जनजाति महासंघका निवर्तमान अध्यक्ष राजकुमारी लेखीले छिट्टै तराईमा आगो बल्ने बताएका छन्। उनले आदिवासी जनजातिको मागलाई सरकारले बेवास्ता गरेको भन्दै तराईबाट आगोको झिल्को सल्किने चेतावनी दिएका हुन्। ‘सरकारले आदिवासी जनजातिको मागलाई बेवास्ता गरेको छ,’ राजधानीमा आयोजित कार्यक्रममा उनले भने, ‘यही अवस्था रहे तराईमा अब आगो सल्किनेछ।’

उनले तराईमा सल्केको आगोको धुँवाले नेताहरु निस्सासिए उनीहरु स्वयं जिम्मेवार हुने बताए। ‘तराईमा बलेको आगो धुँवा संविधान सभा र सिंहदवारमा छिरे अचम्म नमान्नु,’ उनले भने।tharu_lowmakers-1

प्रमुख अतिथिका रुपमा प्रधानमन्त्रीलाई बोलाइए पनि अन्तिम समयमा उनी नआउने जनकारी गराएपछि विशेष अतिथि बनेका संविधान सभा अध्यक्ष सुवाष नेम्वाङले आदिवासी जनजातिका सभासद्हरुलाई सम्मान गरेका थिए।

लेखीले प्रधानमन्त्रीको अनुपस्थितले पनि सरकार आदिवासी जनजातिप्रति गम्भिर नरहेको आरोप लगाए। ‘आदिवासी जनजातिको यस्तो गरिमामय कार्यक्रममा उहाँ अनुपस्थित रहनुभयो,’ उनले भने, ‘यसले पनि सरकार आदिवासी जनजातिप्रति कति गम्भिर छ भनेर प्रष्ट्याउँछ।’

थारुलाई मधेसी बनाएको भन्दै लेखीले प्रधानमन्त्रीको थरमा मोहम्मद सुशील खाँ भनेर बोलाए उनी मान्छन् कि मान्दैनन् भनेर प्रश्न गरे। ‘लोकतान्त्रिक सरकारले थारुको पहिचानलाई मेटाउन खोजिँदैछ,’ उनले भने, ‘के सुशील कोइरालालाई खाँ, झलनाथलाई विश्वकर्मा र पुष्पकमल दाहाललाई यादव भन्यो भने उनीहरु मान्छन्।’
भिडियो हेर्नुस्:

प्रधानमन्त्री स्वयं चितवन र पुष्पकमल दाहाल सिरहाबाट विजय भएकाले मधेसी र थारुकोबारे बताइरहन नपर्ने उनले बताए। ‘उहाँहरु स्वयं तराईबाट विजयी भएर आउनु भएको छ। तराईमा कति विविधता छ भनेर उहाँहरु जानकार हुनुपर्ने हो। यदि जानकारी छैन भने अध्ययण गरोस् न कि अरुको पहिचान मेटाउने प्रयास गरोस्,’ उनले भने।

tharu_lowmakers-2आधा बढी जनजाति सभासद् अनुपस्थित
आदिवासी जनजाति महास‍ंघको आयोजनामा भएको सम्मान कार्यक्रममा आधाभन्दा बढी सभासद् अनुपस्थित रहे। ४२ संख्यामा रहेको थारु सभासदमध्ये एक दर्जनको मात्र उपस्थिति थियो। सम्मान पाउने बितिकै सभासद्हरु बाहिर निक्लेका दृश्य देखिन्थ्यो।

tharu_lowmakers-11जातीयरुपमा उग्र हुन हुँदैन : नेम्वाङ
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले निर्धारित समयमा संविधान जारी हुनेमा विश्वस्त रहन आग्रह गरेका छन्। नेपाल आदिवासी जनजाति महासङ्घले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख नेम्वाङले अघिल्लो संविधान सभामा भएका सहमति तथा राजनीतिक दलले गरेका प्रतिबद्धता र विवादित विषयमा सहमति कायम वा प्रक्रियामा गएर टुङ्गो लगाएपछि संविधान निर्माण समयमै हुने बताए।
उनले सबै जाति समुदायको भाषा तथा संस्कृतिलाई संरक्षण गरी अधिकार स्थापित गर्नुपर्नेमा जोड दिँदै विगतमा शासकीयस्वरुप र राज्य पुनःसंरचनामा सहमति हुन नसकेका कारण संविधान आउन नसकेको विचार व्यक्त गरे।tharu_lowmakers-5
सभामुख नेम्वाङले भने, ‘कुनै पनि समुदाय अधिकारका लागि जातीय रुपमा उग्र हुन हुँदैन, आदिवासी जनजातिले पनि जातीय चिन्तनभन्दा माथि उठेर मुलुकको राष्ट्रियता र सबै जातिको एकता र वर्गिय लडाईका लागि गम्भीर बन्नुपर्छ।’
उनले देशमा संविधान आएपछि त्यसले मुलुकको विकास प्रक्रियालाई अघि बढाउने र सबैका हक हित अधिकार सुनिश्चित हुनेमा जोड दिए। महासङ्घका अध्यक्ष नगेन्द्र कुमालले राज्यको मुलधारमा आदिवासी जनजातिलाई प्रतिनिधित्व गराउने व्यवस्था संविधानमा सुरक्षित गर्नुपर्ने धारणा राखे।
कार्यक्रममा करिब एकसय आदिवासी जनजाति सभासद्लाई सम्मान गरिएको थियो।

tharu_lowmakers-10 tharu_lowmakers-9 tharu_lowmakers-8 tharu_lowmakers-7 tharu_lowmakers-6  tharu_lowmakers-4 tharu_lowmakers-3




Leave a Reply

Your email address will not be published. Required fields are marked *