Ck raut

काठमाडौं‌- आत्मनिर्णयको अधिकार प्रयोग गरेर मधेसलाई स्वतन्त्र राष्ट्र बनाउनुपर्छ भन्ने डा. सिके राउत रिहा भएका छन्। राज्य विप्लवको मुद्दा लगाएर उनलाई पक्राउ गरिउको थियो। अदालतले उनलाई पचास हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

तर, धरौटी राख्न इन्कार गरेपछि राउत जेलमै रहँदै आएका थिए।

राउतले तराई टुक्राउनुपर्छ भन्ने धारणा संविधानसभाको संवाद समितिमा बुद्धिजीवीको हैसियतले आमन्त्रित हुँदा पनि राखेका थिए। उनलाई संवाद समिति सभापति डा. बाबुराम भट्टराईले सुझाव दिन समितिमा बोलाएका थिए।

उनलाई पछि विराटनगरबाट पक्राउ गरिएको थियो।

राउत रिहा हुँदा विशेष अदालत बबर महल अगाडि सयौंको संख्यामा सिके राउत बचाउ संघर्ष समितिका कार्यकर्ताहरु थिए। उनीहरुले जय मधेसको नारा लगाएका थिए।

समर्थकहरुलाई सम्बोधन गर्दै उनले भने, ‘जनमतको सम्मान गर्दै मैले जेल बाहिर निस्कने फैसला गरेको छु। हाम्रो आन्दोलनलाई अगाडि बढाउन मैले जेल बाहिर निस्कने फैसला गरेको हूँ। अब हाम्रो आन्दोलन जोडदारसँग अगाडि बढ्नेछ। अब आन्दोलनमा सबै जना सहभागी हुनुहोस्। हामीसँग आन्दोलनको विकल्प छैन।’

जेल जीवनको अनुभवबारे उनले भने, ‘तरुनी नाङगिएको हेर्न ठमेल जानु, राज्य नाङगिएको हेर्न जेल जानु।’

उनले भने, ‘मधेसी जनताका लागि म जेल त के फासीमा पनि चढ्न तयार छु।’

न्युजभित्ताबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *