nagendra Kumal

काठमाडौं- आदिवासी जनजाति महासंघले ‘खबरदारी सभा’ गर्ने भएको छ। महासंघले मंसिर ४ गते बिहीबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा खबरदारी सभा आयोजना गर्ने भएको हो। संविधान सभाबाटै पहिचानसहितको संघीय संविधान जारी गराउने उद्देश्यले खबरदारी सभा आयोजना गरेको महासंघका अध्यक्ष नागेन्द्र कुमालले बताए।

उनले नयाँ संविधानमा आदिवासी जनजातिको हक, अधिकार सुनिश्चित हुने नदेखिएपछि यो सभा आयोजना गर्न लागेको बताए। ‘अब बन्ने नयाँ संविधानमा आदिवासी जनातजिका मुद्दालाई उपेक्षा गरिएको छ,’ उनले भने, ‘त्यसैले हाम्रो हक, अधिकार सुनिश्चित गराउन खबरदारी सभा आयोजना गरेका हौं।‘ उनका अनुसार कार्यक्रममा जनजाति नेता तथा सभासद्हरुको उपस्थिति रहनेछ।

कार्यक्रममा पद्मरत्न तुलाधार पनि उपस्थित हुने बुझिएको छ। तीन दिनअघि कुमाल र तुलधारबीच सँगै मिलेर आन्दोलनमा गर्ने सहमति भएको थियो। यसअघि महासंघका अध्यक्ष कुमालले आदिवासी जनजातिको मुद्दामा आन्दोलन गर्ने अधिकार महासंघको रहेको बताउँदै तुलाधरको मोर्चलाई सहयोग नगर्ने निर्णय गरेको थियो। यी दुई पक्षलाई फोनिजले सहकार्य गराएको थियो। 




Leave a Reply

Your email address will not be published. Required fields are marked *