बुटवल- थारु कल्याणकारिणी सभा (थाकस)का पूर्वमहामन्त्री राजकुमार लेखीले चार जना खलनायकहरुका कारण दोस्रो संविधान सभा पनि विघटनको संघारमा पुगेको बताएका छन्। उनले चार दलका सुशील कोइराला, केपी शर्मा ओली, पुष्पकमल दाहाल र विजय गच्छदारका कारण संविधान सभा पुनः विघटनको संघारमा पुगेको बताए।

‘दोस्रो संविधान सभा पनि अन्तर्राष्टिय शक्ति केन्द्रको कठपुतली सावित भएको छ। पौने ६ सय सभासद् चार दलका नेताको कठपुतली सावित भएका छन्। यो दोस्रो संविधान सभा पनि संविधान नबनाइकनै, जनताको अधिकार नदिइकनै र सात दशकको उपलब्धिलाई संस्थागत नकरिकनै फेरि विघटनको बाटोमा गएको छ,’ थाकसको जागरण अभियानलाई सम्बोधन गर्दै उनले भने, ‘दोस्रो संविधानसभा पनि विघटन हुन्छ। विघटन गर्ने पात्रहरु सुशील, केपी, प्रचण्ड र विजय गच्छदार हुन्। यिनै चार जना खलानायकले संविधानसभा विघटन गर्छ। किनकि चार नेता संविधान सभाबाट अधिकारसहितको संघीयता, पहिचानिसहितको संविधान बनाउनै चाहेका छैनन्।’

उनले थाकस ५५ वर्षदेखि थारु समुदायमा रहेको समाजिक कूरीतिमा मात्र केन्द्रीत भएको बताउँदै २०६२ देखि थारुको हकहितका निम्ति पनि आन्दोलन गर्दै आएको बताए। ‘थाकस ५५ वर्षसम्म केवल थारु समुदायमा रहेका समाजिक कूरीति हटाउनका निम्तमात्रै केन्द्रित थियो। २०६२ सालको १९औं महाधिवेशनपछि समाजिक क्रियकलाप सँगसँगै थारुहरुको हकहितका निम्ति, थारु समुदायका अधिकारका निम्ति काम गर्दै आएको छ,’ उनले भने।

उनका अनुसार अहिलेको जनजागरण कार्यक्रम थाकसको संघठनलाई गाउँदेखि, जिलदलादेखि केन्द्रसम्म चुस्त दरुस्त र समय सापेक्ष बनाउनका निमत यो अभियान चलाइएको हो। झन्डै ६० वर्षसम्म थाकसमा युवा, विद्यार्थी, महिला, थारु शिक्षक, थारु पत्रकार, थारु कानुन व्यवसायीलगायतका विभिन्न पेसामा थारुको नेतृत्व हुन सकेको थिएन। यसरी संघठन समय-सापेक्ष बनाउन सकिँदैन। त्यसैले थाकसलाई समय सापेक्ष बनाउनका निम्ति यो अभियानको आवश्यकता परेको उनले बताए।

थाकसको जनजागण अभियानअन्तर्गत रुपन्देहीको देवदह नगरपालिकामा आयोजित कार्यक्रममा सभाका अध्यक्ष धनिराम चौधरीले थाकस कसैको पिछलग्नु नहुने स्पष्ट पारे। उनले ३० दल वा पद्मरत्न तुलाधरको मोर्चालाई समर्थन गर्न नसक्ने बताए। कार्यक्रममा सभाका उपाध्यक्ष बाबुराम चौधरी, केन्द्रीय सदस्य इनर महतो, रुपन्देही सभापति रामबलि चौधरी, जिल्ला सचिव नरिसिंह चौधरी र नगर कमिटीका अध्यक्ष निर्मला चौधरीले आफ्नो धारणा राखेका थिए।

झपाको २१औं महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय समितिको बैठकले देशब्यापी थारु जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। जसअनुसार अहिलेसम्म उदयपुर, सप्तरी, सुनसरी, मोरङ, र काठमाडौंमा यो कार्यक्रम सम्पन्न भइसकेको सभाले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *