ronaldinoएजेन्सी- ब्राजिलका फुटबल खेलाडी रोनाल्डिन्हो गायक बनेका छन्। ब्राजिलियन पोर्चुगिज भाषाको ‘भाइ ना फे’ अर्थात् ‘विश्वासका साथ अघि बढ’ बोलको र्याोप गीतमा उनले र्यािपर इडसिटीसँगै गीत गाएका हुन्। ३३ वर्षका यी खेलाडीले गाएको गीतको म्युजिक भिडियो पनि सार्वजनिक भइसकेको छ। भिडियोमा उनलाई स्टुडियोमा गीत गाइरहेको देख्न सकिन्छ।
ब्राजिलको राष्ट्रिय टिमका लागि ९७ खेलमा उनले ३३ गोल गरेका छन्। पेरिस सेन्ट जर्मन, बार्सिलोना र एसी मिलानबाट समेत व्यावसायिक फुटबल खेलिसकेका रोनाल्डिन्हो अहिले ब्राजिलियन क्लब एथलेटीको मिनैरोमा आबद्ध छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *