Kapil-Sharma-with-Sonu-Nigamबलिउड हस्ती कपिल शर्मा र सोनु निगम नेपाल आउने भएका छन्। एनसेलको आयोजनामा हुन लागेको ‘पर्पलफेस्ट’का लागि उनीहरु नेपाल आउन लागेका हुन्। ‘कमेडी नाइट्स विथ कपिल’बाट छाएका कपिल र हिन्दी सिनेमामा गायनबाट ख्याति कमाएका सोनु मिलेर मंसिर २७ गते दशरथ रंगशालामा नेपाली दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नेछन्।

यी दुई हस्तीलाई नपाली गायक सुगम पोखरेल, यम बुद्ध र हस्यकलाकार जीतु नेपाल र विल्सन विक्रम राईले साथ दिनेछन्।

पर्पलफेस्टमा जान इच्छुहरुले भने एनसेलको डाटा खरिद गर्नुपर्ने हुन्छ। कात्तिक ३० गतेदेखि मंसिर २६ गतेसम्म डाटा खरिद गरेबापत एनसेलले फ्रि टिकेट प्रदान गर्नेछ। जसअन्तर्गत ६९९ मूल्य रहेको (करबाहेक) एक जिबी डाटा खरिदमा एउटा ब्रोन्ज पास, १३९८ मूल्य रहेको (करबाहेक) दुई जिबी डाटा खरिदमा एउटा सिल्भर पास र २९९९ मूल्य रहेको (करबाहेक) १० जिबी डाटा खरिदमा एउटा गोल्ड पास प्राप्त गर्नसक्ने एनसेलले जनाएको छ। एउटा ग्राहकले भने तीन पटकसम्म डाटा खरिद गरेर पास पाउन सक्नेछन्।

यो योजना काठमाडौं र बनेपाका एनसेल सेन्टरहरुबाट प्राप्त गर्न सकिनेछ।

‘एनसेल पर्पलफेष्ट हाम्रो तर्फबाट ग्राहकहरुलाई विशेष उपहार हो,’ एनसेलकी कर्पोरेट कम्युनिकेसन्स निर्देशक सञ्जु कोइरालाले भनिन्, ‘ मनोरञ्जनले भरिपूर्ण यो कार्यक्रमले हाम्रा ग्राहकलाई थप ऊर्जा प्रदान गर्ने विश्वास लिएका छौं।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *